मन्त्रिपरिषदद्वारा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा  « Khabarhub

मन्त्रिपरिषदद्वारा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा 


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिलाई अनुमोदन गर्दै प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो । यसअघि आजै सरकार र चन्द समूहबीच तीन बुँदे सहमति भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्नेलगायतका विषयमा सहमति भएको थियो ।

सरकार र विप्लव समूहबीच भएको सहमितको विस्तृत विवरण शुक्रबार विशेष कार्यक्रमबीच सार्वजनिक गरिँदै छ । साथै उक्त विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्दले सम्बोधन गर्दैछन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ७ : ३८ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय

रास्वपा केन्द्रीय समिति बैठकले के-के निर्णय गर्‍यो ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिकाका प्रमुख

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन १४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६