मन्त्रिपरिषदद्वारा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा  | Khabarhub Khabarhub

मन्त्रिपरिषदद्वारा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा 


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिलाई अनुमोदन गर्दै प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो । यसअघि आजै सरकार र चन्द समूहबीच तीन बुँदे सहमति भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्नेलगायतका विषयमा सहमति भएको थियो ।

सरकार र विप्लव समूहबीच भएको सहमितको विस्तृत विवरण शुक्रबार विशेष कार्यक्रमबीच सार्वजनिक गरिँदै छ । साथै उक्त विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्दले सम्बोधन गर्दैछन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ७ : ३८ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको