बहराइनका राजकुमारसहित १६ जनाको टोलीले सगरमाथा आरोहण गर्दै « Khabarhub

बहराइनका राजकुमारसहित १६ जनाको टोलीले सगरमाथा आरोहण गर्दै


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— बहराइनको राजपरिवारका एक सदस्यसहित १६ जनाको टोलीले सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चैत २ गते नेपाल आउने भएको छ ।

बहराइनस्थित नेपाली राजदूत पदम सुन्दाससँग भेट गर्दै आरोहण दलका केही सदस्यहरूले उक्त जानकारी गराएका हुन् ।

आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायती नागरिक रहेका छन् । विशेष विमानबाट नेपाल आउन लागेको उक्त टोली नेपालमा ७९ दिनसम्म बस्नेछ ।

यसअघि गत असोजमा बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको सोही टोलीले आठ हजार एक ६३ मिटर अग्लो मनास्लु र छ हजार ११९ मिटर अग्लो लुबुचे हिमालको सफल आरोहण गरेको थियो ।

आरोहणका लागि आवश्यक बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेक्सले मिलाइरहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ७ : ५५ बजे

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति