पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा प्रधान « Khabarhub

पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा प्रधान


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन् ।

एशोसिएशनको ४२औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

कोरोना महामारीका कारण गत वर्ष रोकिएको एशोसिएशनको साधारणसभाको औपचारिक उद्घाटन शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरेका थिए ।

शनिबार भएको मतदानमा अध्यक्षका प्रत्यासी नवीन श्रेष्ठसहितको प्यालनलाई हराउँदै प्रधान नेतृत्वको प्यानल निर्वाचित भएको हो । प्रधान हाल (निर्वाचनअघि) एशोसिएशनको अध्यक्ष छन् ।

वरिष्ठ उपाध्यक्षमा सुनिलकुमार गुरुङ, प्रथम उपाध्यक्षमा विनोदकुमार चौरसिया, द्वितीय उपाध्यक्ष सुनिलकुमार विडला, सचिवमा हिमाल गैरे र सहसचिवमा श्यामकुमार बुढाथोकी निर्विरोध निर्वाचित भएको हो ।

यसैगरी महासचिवमा विश्वप्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया निर्वाचित हुनुभएको एशोसिएशनले जनाएको छ । अध्यक्ष, महासचिव र कोषाध्यक्ष गरी तीन पदका लागि मतदान भएको थियो ।

यस्तै कार्यकारी सदस्य (नेपालभरबाट)मा भूपालराज कटुवाल, बाबुराम जमरकट्टेल, चन्दनकृष्ण श्रेष्ठ, गणेशबहादुर सिलवाल, गोपाल श्रेष्ठ, गोकर्णराज खड्का, हरिराम कसौधन र ईश्वर लामा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १ : ३० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया