माछापालनप्रति किसानको आकर्षण बढ्दै « Khabarhub

माछापालनप्रति किसानको आकर्षण बढ्दै


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– कुश्मा नगरपालिकाका युवा माछापालनमा आकर्षित भएका छन् । नगरपालिकाको वारी अम्बोट, दोविल्ला, पकुवा, चुवा, खुर्कोट र पाङमा व्यावसायिक माछापालन फस्टाउँदै गएको हो ।

सरकारी निकायको अनुदान र किसानको मेहनतका कारण पछिल्लो समयमा माछापालन व्यवसाय बढ्न थालेको छ । मोदीखोला र कालीगण्डकी किनारमा व्यावसायिक माछापालन गर्ने बढेका छन् ।

सो नगरपालिकाका पशुसेवा शाखाका प्रमुख मित्रलाल सापकोटाका अनुसार कुश्मामा व्यावसायिक माछापालन गर्ने किसानको सङ्ख्या ४० पुगेको छ । नगरपालिकाले कोरोना कारण र अन्य कारणले विदेशबाट फर्किएका युवालाई वस्तुगत सहायता दिँदै आएको छ ।

नगरको सहायताका कारण माछापालनमा युवाको आकर्षण बढेको पशुसेवा प्रमुख सापकोटाले जानकारी दिए । सापकोटाले किसानलाई माछा पोखरी निर्माण र माछाका भुरा नगरपालिकाले वितरण गरेको बताए ।

“किसानलाई गत वर्ष पोखरी बनाउन सहयोग गरेका थियौँ”, सापकोटाले भने, “यस वर्ष भुरा वितरण गरेका छौँ ।” किसान उत्साही भएर माछापालनमा लागेको उनले बताए । नगरपालिकाले शुक्रबार २२ किसानलाई भुरा वितरण गरेको छ ।

मागका आधारमा किसानलाई २५ हजार माछाका भुरा वितरण गरिएको हो । मागका आधारमा किसानले ५०० देखि पाँच हजार भुरा प्राप्त गरेका छन् । माछाका भुरा पाएपछि व्यवसायलाई थप प्रेरणा प्राप्त भएको किसान देवी क्षेत्रीले बताए ।

क्षेत्रीले छ वर्षदेखि व्यावसायिक माछापालन गर्दै आएका छन् । उनले आफूसँग छ हजार माछापालन गर्ने क्षमताका पोखरी रहेको जानकारी दिए । “लकडाउनको बेला मैले रु डेढ लाखका माछा बेँचे”, उनले भने, “बजारको माग धान्नै मुस्किल छ ।” मोदीखोला र कालीगण्डकी किनारमा माछापालन गर्ने किसान बढ्दै गएका छन् ।

नगरपालिकाले किसानको आकर्षण बढेपछि सहायता गर्न थालेको जनाएको छ । नगरप्रमुख रामचन्द्र जोशीले व्यावसायिक माछापालनलाई आगामी वर्ष थप बढाउने सोच रहेको बताए । उनले उपयुक्त हावापानी र राम्रो बजार रहेको हुनाले नगरपालिका माछा ब्लक नै बनाएर किसानलाई सहयोग गर्ने योजनामा रहेको सुनाए ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ३ : ५५ बजे

न्यायिक क्षेत्रमा अर्को उपलब्धि : सुशीलापछि सपनाले गर्दैछिन् सर्वोच्च अदालतको नेतृत्व

काठमाडौं- नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको

ऊर्जा मन्त्रालयमा `सुशासन एकाइ´ गठन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई थप

बालेनको ‘जय महाकाली’ : ६ वर्षअघिको फ्लप गीत रि–रेकर्ड गर्दा राख्यो कीर्तिमान

काठमाडौं – बालेन र्‍याप ब्याटलबाट चर्चामा आए पनि कतिपय गीत

सिंहदरबारमा प्रतिनिधि सभाका ६ दलको बैठक

काठमाडौं- सरकारले संसद् बैठक डाकेपछि गत फागुन २१ गतेको निर्वाचनबाट

दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

बागमती- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ गुम्बाचोकमा आज दुई वटा