बालेनको ‘जय महाकाली’ : ६ वर्षअघिको फ्लप गीत रि–रेकर्ड गर्दा राख्यो कीर्तिमान « Khabarhub

बालेनको ‘जय महाकाली’ : ६ वर्षअघिको फ्लप गीत रि–रेकर्ड गर्दा राख्यो कीर्तिमान


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बालेन र्‍याप ब्याटलबाट चर्चामा आए पनि कतिपय गीत खासै चर्चामा थिएनन् भन्ने कुरा पछिल्ला केही घटनाले प्रष्ट पारेको छ ।

पछिल्ला चार महिनामा उनको स्वरमा दुई गीत सार्वजनिक भए । राजनीतिको व्यस्त तालिकाका बीच उनले गीतहरू सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्रीका शपथ खानु अघिल्लो दिन बालेनले ‘जय महाकाली’ शीर्षकको गीत सार्वजनिक गरे ।

धेरैलाई यो गीत नयाँ लागेको छ । तर, यो ७ वर्षअघि सार्वजनिक भएको फ्लप गीत हो । जम्मा ६२ हजार भ्युज पाएको थियो ।

पहिला यस गीत बालेन एक्लैले स्वर दिएका थिए । अहिले भने कोरसमा स्वपनिल शर्माको स्वर छ । बिट नयाँ बनाइएको छ ।

यो गीतले ६ दिनमा युट्युबमा मात्रै झन्डै ५८ लाख भ्युज पाएको छ । यति भ्युजले नेपालको सन्दर्भमा धेरै जटिल मानिएका रकेर्ड ब्रेक भएका छन् ।

छिटो १ मिलियन भ्युज पुर्‍याएर यस गीतले रेकर्ड राखेको छ । यो गीतले ३ घण्टामा नै १० लाख भ्युज पाएको थियो ।

२४ घण्टामा सबैभन्दा बढी हेरिएको गीतको रेकर्ड पनि यसैले राखेको छ । यो गीतले दुर्गेश थापाको रेकर्ड तोडेको हो ।

दुर्गेशको गीत ‘जाने भए जाम माया’ले २४ घण्टमा १९ लाख भ्युज पाएको थियो । बालेनको गीत ‘जय महाकाली’ले २४ घण्टामा ३५ लाख भ्युज पाएको हो ।

बालेनको यो गीत सबैभन्दा छिटो ५० लाख भ्युज पाउने गीत बनेको छ । सार्वजनिक भएको तीन दिनमै यसले उक्त भ्युज पाएको हो ।

पहिला यो गीत सार्वजनिक हुँदा बालेन युवा पुस्तामा मात्रै चर्चित थिए । राजनीतिमा आएपछि उनी सबै उमेर समूहका व्यक्तिले चिन्ने नेता बने । यही चर्चाको रापतापमा गीत निकालेकाले भ्युजको ओइरो लागेको हो ।

धेरै दर्शकले यसलाई नयाँ गीत मानेका छन् । यसले गर्दा पनि उनी त्यति चर्चित र्‍यापर होइनन् भन्ने पुष्टि गरेको छ ।

बालेनको यसअघिको गीत ‘आम नेपाली बुवा’मा पनि यही कुरा लागू भएको थियो । आफ्ना सहयोगी अर्जुन घिमिरे पाँडेको फिल्म ‘झरीपछिको इन्द्रेणी’मा समावेश गर्ने रि–रेकर्ड गराएको उक्त गीतलाई धेरैले नयाँ मानेका थिए ।

अर्थात्, चर्चामा आएको व्यक्तिहरूले जस्तो गीत निकाले पनि चल्छ भन्ने संघर्षरत र्‍यापरहरूको भनाइ बालेनको हकमा लागू भएको पाइन्छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  २ : ३० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका