कर्णाली प्रदेश सरकार संकटमा, नेपाल समूहले साथ छाड्दै « Khabarhub

कर्णाली प्रदेश सरकार संकटमा, नेपाल समूहले साथ छाड्दै


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार संकटमा पर्ने भएको छ।

आइतबार बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सरकारमा रहेका एमालेका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेपछि शाही नेतृत्वको सरकार संकटमा पर्ने अवस्थामा पुगेको हो ।

आजको बैठकले एमालेबाट सरकारमा गएका तीन मन्त्रीलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको छ ।

‘एमालेबाट सरकारमा गएका तीन जना मन्त्रीलाई २४ घण्टाभित्र राजीनामा दिई नयाँ सरकार गठनको वातावरण बनाउन दलले निर्देशन दिएको छ,’ बैठकमा सहभागी सांसद दानसिंह परियारले भने,उक्त निर्देशनलाई तीनै जना मन्त्रीज्यूहरुले मान्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’

सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सरकारमा सहभागी छन् ।

संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकमा माधव नेपाल पक्षधरका ९ जनासहित १९ जना सांसद सहभागी थिए।

यस्तै यही चैत २४ गते दिउँसो एक बजे संसदीय दलको अर्को बैठक बस्ने सहमति भएको नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।

उनले चैत ५ गतेदेखि लागू हुने गरी सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णयमा सरकारले कुनै पनि हेरफेर नगरेकोले अविलम्ब मार्ग प्रशस्त गर्नका लागि आग्रह गरिएको बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ८ : १७ बजे

पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)

काठमाडौँ– नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने

काठमाण्डौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा भोलि (आइतबार) देखि

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

आज विश्व शरणार्थी दिवस मनाइँदै, शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ– आज विश्व शरणार्थी दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रम

फिफा विश्वकप : टर्कीविरुद्ध पाराग्वेको जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा