गैरआवासीय नेपाली संघद्वारा १ लाख ७० हजार बढीलाई राहत प्रदान « Khabarhub

गैरआवासीय नेपाली संघद्वारा १ लाख ७० हजार बढीलाई राहत प्रदान


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सन् २०१९ को डिसेम्बरबाट विश्वभर फैलिरहेको कोभिड–१९को महामारीपछि भएका उद्धार र राहतको विवरण सार्वजनिक गरेको छ ।

संघले भर्चुअल पत्रकार सम्मेलनको आयोजना गर्दै ५० देशका ३ सय भन्दा बढी शहरहरु र राज्यहरुमा रहेका १ लाख ७० हजार बढी नेपालीहरुलाई राहत दिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष कुमार पन्तले संघले नेपाल सरकारसँग मिलेर महामारीको बेला संघले खाना तथा बासको व्यवस्था, घर फिर्ती कार्यका लागि आंशिक हवाई टिकट तथा पीसीआर सेवा, मानसिक स्वास्थ्य परामर्श सेवा तथा स्वास्थ्य समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेको बताए ।

संघले समस्यामा परेका नेपालीश्रमिकहरुमध्ये घर फिर्तीको लागि ३२४ जनाको पीसीआर तथा २१७ जनालाई आंशिक हवाईजहाज टिकटको व्यवस्था गरेको जानकारी दिए ।

सम्मेलनमा संघका महासचिव डा. हेम राजशर्माले नेपालीहरुको मानसिक स्वास्थ्यलाई विशेष ध्यानमा राखेर संघले विश्वभर दुई सय भन्दा बढी नेपाली डाक्टरहरु परिचालन गरेको जानकारी दिए । संघले सो कार्यका लागि अमेरिका, बेलायत, यूरोपियन क्षेत्र, मध्यपूर्वी क्षेत्र, अफ्रिकन क्षेत्र र एसियाप्रशान्त क्षेत्रहरुमा अनुभवी स्वास्थ्यकर्मी र डाक्टरहरुलाई परिचालन गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष डा. बद्री केसीले अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोगबाट रोजगारी गुमाएका, समान्य गल्तीका कारणले स्वदेश फर्कन बाध्य बनाइएका, महिला, अपाङ्गता भएका व्यक्ति, बिरामी जस्ता विशेष आवश्यकता भएका व्यक्तिका लागि खर्चिएको जानकारी दिए ।

संघले अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोग धेरै श्रमिक नेपालीहरु भएको देश मलेसिया, कतार, यूएई र साउदी अरब, बहराईन, कुवेत तथा ओमान लगायतका मुलुकमा राहत र उद्धारको विशेष अभियान चलाएको थियो ।

कोभिड–१९ बाट प्रभावितहरुको लागि स्वीकृत कार्यक्रम अनुसार स्पष्ट रुपमा संस्थाका आर्थिक नियमावलीलाई आधार बनाई खर्च गरिएको र यस्ता खर्चहरुका बारेमा संस्थाले आन्तरिक तथा स्वतन्त्र लेखा परिक्षणको कार्य समेत गरेको जनाएको छ । साथै हाल सम्मका सम्पूर्ण खर्चहरुलाई दाताले समेत परिक्षण गरेको र नियमित रुपमा खर्चको प्रतिवेदन समेत दातालाई दिने गरेको संघले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ९ : ०४ बजे

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ