गैरआवासीय नेपाली संघद्वारा १ लाख ७० हजार बढीलाई राहत प्रदान « Khabarhub

गैरआवासीय नेपाली संघद्वारा १ लाख ७० हजार बढीलाई राहत प्रदान


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सन् २०१९ को डिसेम्बरबाट विश्वभर फैलिरहेको कोभिड–१९को महामारीपछि भएका उद्धार र राहतको विवरण सार्वजनिक गरेको छ ।

संघले भर्चुअल पत्रकार सम्मेलनको आयोजना गर्दै ५० देशका ३ सय भन्दा बढी शहरहरु र राज्यहरुमा रहेका १ लाख ७० हजार बढी नेपालीहरुलाई राहत दिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष कुमार पन्तले संघले नेपाल सरकारसँग मिलेर महामारीको बेला संघले खाना तथा बासको व्यवस्था, घर फिर्ती कार्यका लागि आंशिक हवाई टिकट तथा पीसीआर सेवा, मानसिक स्वास्थ्य परामर्श सेवा तथा स्वास्थ्य समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेको बताए ।

संघले समस्यामा परेका नेपालीश्रमिकहरुमध्ये घर फिर्तीको लागि ३२४ जनाको पीसीआर तथा २१७ जनालाई आंशिक हवाईजहाज टिकटको व्यवस्था गरेको जानकारी दिए ।

सम्मेलनमा संघका महासचिव डा. हेम राजशर्माले नेपालीहरुको मानसिक स्वास्थ्यलाई विशेष ध्यानमा राखेर संघले विश्वभर दुई सय भन्दा बढी नेपाली डाक्टरहरु परिचालन गरेको जानकारी दिए । संघले सो कार्यका लागि अमेरिका, बेलायत, यूरोपियन क्षेत्र, मध्यपूर्वी क्षेत्र, अफ्रिकन क्षेत्र र एसियाप्रशान्त क्षेत्रहरुमा अनुभवी स्वास्थ्यकर्मी र डाक्टरहरुलाई परिचालन गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष डा. बद्री केसीले अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोगबाट रोजगारी गुमाएका, समान्य गल्तीका कारणले स्वदेश फर्कन बाध्य बनाइएका, महिला, अपाङ्गता भएका व्यक्ति, बिरामी जस्ता विशेष आवश्यकता भएका व्यक्तिका लागि खर्चिएको जानकारी दिए ।

संघले अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोग धेरै श्रमिक नेपालीहरु भएको देश मलेसिया, कतार, यूएई र साउदी अरब, बहराईन, कुवेत तथा ओमान लगायतका मुलुकमा राहत र उद्धारको विशेष अभियान चलाएको थियो ।

कोभिड–१९ बाट प्रभावितहरुको लागि स्वीकृत कार्यक्रम अनुसार स्पष्ट रुपमा संस्थाका आर्थिक नियमावलीलाई आधार बनाई खर्च गरिएको र यस्ता खर्चहरुका बारेमा संस्थाले आन्तरिक तथा स्वतन्त्र लेखा परिक्षणको कार्य समेत गरेको जनाएको छ । साथै हाल सम्मका सम्पूर्ण खर्चहरुलाई दाताले समेत परिक्षण गरेको र नियमित रुपमा खर्चको प्रतिवेदन समेत दातालाई दिने गरेको संघले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ९ : ०४ बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान सकिएको

महाधिवेशनले जनतामा सकारात्मक सन्देश दियो : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वस्थ

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको

२०८१ र ०८२ सालको जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा

काठमाडौं– जगदीश घिमिरे प्रतिष्ठानले २०८१ र २०८२ सालको जगदीश घिमिरे

धान्द्रुके बाजेलाई ८३ वर्षमा नागरिकता

बागलुङ– बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका एक वृद्धाले  ८३ वर्षको