सिप्रदीको सर्टिफाइड ग्यारेज अब मेलम्चीमा « Khabarhub

सिप्रदीको सर्टिफाइड ग्यारेज अब मेलम्चीमा


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिप्रदी ट्रेडिङ्ग प्रालिले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कसपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ।

टाटा कमर्शियल गाडीहरूका ग्राहकहरूलाई सहज रूपमा आफ्नै स्थानमा गाडीको सर्भिस तथा मर्मत सुविधा प्रदान गर्ने उद्देश्यले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कसपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको कम्पनीले जनाएको छ।

चैत १८ गते टाटा मोर्टस ग्राहक सेवा अन्तर्गतका नेपाल तथा भुटानका कन्ट्री मेनेजर सामान्य दास र सिप्रदी ट्रेडिङ्ग प्रालि ग्राहक सेवाका महाप्रबन्धक सम्देन लामाले संयुक्त रूपमा उक्त वर्कसपको उद्घाटन गरेका थिए।

उक्त अवसरमा विगत लामो समय देखी टाटाका गाडीहरू सञ्चालन गर्दै आएका ग्राहक चिरन पराजुलीलाई सम्मान गर्नुका साथै टाटा बिएसआईभी गाडी सम्बन्धी चालक प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरिएको थियो।

३० जना भन्दा बढी ग्राहकहरूले उक्त प्रशिक्षण कार्यक्रममा सहभागिता जनाएका थिए। ग्राहकहरूले सम्पूर्ण टाटा कमर्शियल गाडीहरूको सर्भिस तथा साधारण मर्मतका कार्यहरू उक्त सर्भिस सेन्टरबाट प्राप्त गर्न सक्ने कम्पनीको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १२ : ०२ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको