वर्मेली सैन्य तख्तापलटविरुद्ध ध्यानाकर्षण « Khabarhub

वर्मेली सैन्य तख्तापलटविरुद्ध ध्यानाकर्षण


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल डेमोक्रेटिक युनियनले वर्मेली सैन्य तख्तापलटविरुद्ध ध्यानाकर्षण भएको जनाएको छ ।

म्यानमारमा बन्दूकको बलमा जननिर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेको अवैधानिक सैनिक सरकारले लोकतन्त्र र मानव अधिकारको पुनर्बहालीका लागि प्रदर्शन गरिरहेका म्यानमारका जनताको दिन–प्रतिदिन हत्या भईरहेको घटनाले शुब्ध भएको नेपाल डेमोक्रेटिक युनियनले जनाएको छ ।

युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिष्ट चीनको सहमा बर्मिज जनतालाई जिउदै आगोमा फालेर मारिएको तथा ११ वर्षको बच्चा समेतलाई पनि मार्न छोडिएको छैन । महिला अधिकारकर्मीको छातीमा गोली हानी मारिएको छ । यो बिडम्बना हो सच्चिनुपर्छ ।’

युनियनले यतिको मान्छे मार्दै सैनिक प्रमुख मिन आंग लाइंग र तिनका जनरलहरुले रातभरी पार्टी गरिरहेको उल्लेख गर्दै वर्मालाई दोस्रो तिब्बत हांगकांग बन्नु दिनु नहुने जनाएको छ ।

युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लाखौँ नेपालीको बसोबास भएको म्यानमारमा सैनिक सरकारले मच्चाएको यस वितण्डाबाट नेपाली समुदाय समेत पीडित बनेको छ र हजारौं नेपाली म्यानमार छोडेर बाहिरिदैछन्, जो नेपाली मात्रका लागि थप चिन्तित र क्रुद्ध बनाउने घटना हो । नेपाल डेमोक्रेटिक युनियन यस घटनाको तीव्र निन्दा गर्दै सेनाद्वारा नजरबन्द गरिएकी जननिर्वाचित लोकतन्त्रवादी नेत्री आङ सान सुचीको तत्काल रिहाइ, उनको पार्टी एनएलडी माथीको प्रतिबन्ध फुकुवा र म्यानमारमा तत्काल प्रजातन्त्रको पुनर्बहालीको माग गर्दछ ।’

युनियनका संयोजक सिद्धार्थ गौतमले हस्ताक्षर गरेको विज्ञप्तिमा वर्मेली सेनाद्वारा भइरहेको यो सत्ताकब्जा, दमन र नरहत्याका पछाडि कम्युनिष्ट चीनको ‘मास्टर माइन्ड’ रहेको बारे विश्व समुदाय अवगत भइसकेको वर्तमान अवस्थामा कुनैपनि लोकतन्त्रवादी सरकार चुप लागेर बस्न नहुने जनाइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  २ : ३२ बजे

पत्रकार महासङ्घको स्थापना दिवसमा ६ पत्रकार पुरस्कृत

दमौली– नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा तनहुँमा ६

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी

कृषि विषयको अनुसन्धानमा कर्णाली सरकारको पाँच लाख सहयोग

कर्णाली– कर्णाली प्रदेश सरकारले कृषि विषयको अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि

मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध

सुरुङ्गा– पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा

तोलामा २ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँ