विदेशमा कोरोनाले थप ११ नेपालीको मृत्यु « Khabarhub

विदेशमा कोरोनाले थप ११ नेपालीको मृत्यु


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । यो साता भारतमा थप १० जना सहित ११ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ।

हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ । यो सातामा साउदीमा पनि थप एक जनाको संक्रमणका कारण ज्यान गएको संघले जनाएको हो ।

संघको स्वास्थ्य समितिको गत शनिवार साँझसम्मको तथ्यांकअनुसार भारत सहित विश्वभर २१ मुलुकमा रहेका ३ सय ८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।

स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार भारत रहेका २० हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये १७ हजार भन्दा बढी कोरोनामुक्त भएका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना संक्रमण भएको छ भने ती मध्ये ८२ हजार १ सय ९७ जना कोरोना संक्रमण मुक्त भएको उनले जानकारी दिए ।

यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका केही नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अध्यक्ष पन्तलाई कोरोना संक्रमण

यसैबीच गैरआवासीय नेपाली संघका अध्यक्ष तथा’कोभिड १९’ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तलाई कोरोना संक्रमण भएको छ ।

संघको सक्रियतामा निर्माण भएको गोर्खास्थित एनआरएनए नमुना बस्ती हस्तान्तर, नेपालमा १० अर्ब लगानी लगायतको परियोजनालाई मूर्तरुप दिन विगत केही सातादेखि नेपाल भ्रमणमा रहेका पन्तलाई आइतवार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस (कोभिड१९) को लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा ‘पोजेटिभ रिपोर्ट’ आएको हो । उनी अहिले होम आईसोलेसनमा रहेको संघले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ७ : २३ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक