लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ « Khabarhub

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- लुम्बिनी प्रदेशमा सोमबार मन्त्रिपरिषद विस्तार भएको छ ।

मुख्यमन्त्रीमा पुनः नियुक्ति भएपछी मुख्यमन्त्री शंकर पोखरेलले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

पोखरेलले कल्पना पाण्डे लम्साललाई शिक्षा तथा सामाजिक विकास मन्त्रीमा र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

नवनियुक्त शिक्षामन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादवले र राज्यमन्त्रीलाई मुख्यमन्त्री पोखरेलले पथ तथा गोपनीयताको शपथ खुवाएका छन् ।

सोमबार नियुक्त भएका दुवैजनालाई मुख्यमन्त्रीले अविश्वासको प्रस्तावको पक्षामा उभिएपछि वैशाख ६ गते एकाएक मन्त्रिमण्डल विस्तार गर्दै दुवैजनालाई साविक मन्त्रालयमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री शंकर पोखरेलको ७ सदस्यीय मन्त्रिमण्डलमा हाल मुख्यमन्त्रीसहित एमालेका ३ जना छन् । जसपामा राज्यमन्त्रीसहित ४ जना पुगेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ८ : ३० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु