निषेधाज्ञाका बीच बजार अनुगमन « Khabarhub

निषेधाज्ञाका बीच बजार अनुगमन



झापा— कोरोना भाइरसको महामारी नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको झापामा सोमबार आकस्मिक बजार अनुगमन गरिएको छ ।

दमक नगरपालिकाको बजार अनुगमन समितिका संयोजक भीम पौडेलका अनुसार जिल्लास्थित विभिन्न सरकारी कार्यालयसहित नगरपालिकाको टोलीले निषेधाज्ञाको समयमा हुन सक्ने मुल्यवृद्धि, कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्न अनुगमन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय झापाको निर्देशनमा भएको बजार अनुगमनका क्रममा खाद्यगोदाम, डिपार्टमेन्टल स्टोर तथा मास्क उत्पादक कम्पनीहरूको अनुगमन गरिएको हो ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले निषेधाज्ञाको पालना गर्न व्यवसायीहरूलाई पनि आग्रह गरेको र देश गम्भीर संकटमा रहेका बेला हुन सक्ने अवाञ्छित गतिविधि रोक्न आग्रह गरेको बताए ।

घट्यो चहलपहल

कोरोना महामारी नियन्त्रणका लागि झापामा निषेधाज्ञा लागु भएसँगै बजार र सडकमा चहल पहल घटेको छ । निषेधाज्ञाका कारण यात्रुबाहक बस फाटफुट मात्र चले । पसल पनि फाटफुट खुला भए ।

कोरोनाको संक्रमणदर उच्च भएपछि नियन्त्रणका लागि झापामा आइतबार रातिदेखि निषेधाज्ञा लागु भएको हो । जिल्ला प्रशासन कार्यालय झापाले वैशाख २६ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा लागु गरेको छ ।

झापामा निषेधाज्ञा अवधिभर सवारी साधनमा जोरबिजोर प्रणाली लागु भएको छ ।

थप एकको मृत्यु

कोरोना संक्रमणका कारण झापामा थप एक वृद्धाको मृत्यु भएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दमक २ की ६५ वर्षीया वृद्धाको मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । कोरोना संक्रमणको नयाँ भेरियन्टका कारण यसअघि पनि दमकमा एक वृद्धको निधन भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सोमबार मात्र झापामा पीसीआर परीक्षणबाट १४९ र एन्टिजेन परीक्षणबाट थप २४ संक्रमित पहिचान भएका छन् । यससँगै झापामा कुल संक्रमितको संख्या ५ हजार २६० र मृतकको संख्या १३५ पुगेको छ ।

दमकमै सय जना संक्रमित

दमक नगरपालिकामा मात्र सोमबारसम्ममा नयाँ भेरियन्टका एक सय जना जना संक्रमित फेला परेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिएका छन् । तीमध्ये ९० जना सक्रिय संक्रमित छन् भने २ जनाको निधन भएको छ, ८ जना निको भएका छन् ।

यस्तै, दमकका संक्रमितमध्ये ८२ जना होम आइसोलेसनमा छन्, ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसै गरी दमक नगरपालिकाले दमक अस्पताल मातहत रहने गरी शुरू गरेको कोभिड अस्पतालमा ५ जना संक्रमितको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ९ : ०१ बजे

यी प्रदेशमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित

काठमाडौँ – अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रनको मद्दत

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर