छुट्टाछुट्टै घटनाका दुई जना पक्राउ | Khabarhub Khabarhub

छुट्टाछुट्टै घटनाका दुई जना पक्राउ


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

रुपन्देहीको रोहिणी–५ घर भई हाल चितवनको राप्ती नगरपालिका–९ बस्ने ३५ वर्षीय पुरुषलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

यही वैशाख १६ गते ११ बजेको समयमा आफ्नै घरमा छोरी नाता पर्ने अन्दाजी १२ वर्षकी बालिकालाई ती पुरुषले जबर्जस्ती करणी गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय खैरहनीमा लिखित जाहेरी दिएकी थिइन् ।

ती पुरुषलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले स्वीकार गरेकाले पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी चितवनमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१० शान्तिबजारस्थित लागुऔषध खैरो हिरोइनको कारोबार भइरहेको सूचना पाएलगत्तै पुगेको प्रहरीले एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पूर्वी चितवनकै राप्ती नगरपालिका–८ वीरेन्द्रनगर बस्ने  ३२ वर्षीय सुजन तामाङ रहेका छन् । प्रहरीलाई देखेपछि भाग्दै गरेको अवस्थामा साँझ  ६:३० बजेको समयमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट लागुऔषध (खैरो हेरोइन) छ ग्राम २४० मिलीग्राम बरामद गरेको छ । साथै उनको साथबाट प्रहरीले नगद रु ३२ हजारसमेत बरामद गर्न सफल भएको छ । उनलाई इलाका प्रहरी कार्यालय खैरहनीमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १० : ४५ बजे

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा