हाच्छिउँ रोक्दा गम्भीर समस्या ! « Khabarhub

हाच्छिउँ रोक्दा गम्भीर समस्या !


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सामान्यता मानिसहरु अरुले हाच्छिउँ गरेको राम्रो मान्दैनन् । अझ अहिलेको कोरोना महामारीका बेला कसैले सामुन्नेमा हाच्छिउँ गरेमा यसलाई अनर्थ मान्दछन् । त्यसैले कतिपयले हाच्छिउँ आए यसलाई रोक्ने गर्दछन् । तर के राम्रो हुन्छ त ?

हाच्छिउँ रोक्नु स्वास्थ्यकालागि राम्रो मानिँदैन । यो प्राणघातक पनि हुन सक्छ । चिकित्सकहरुका अनुसार हाच्छिउँ आउँदा यसलाई रोक्न नाक र मुख बन्द गरियो भने यो गम्भीर हुन सक्छ ।

बेलायतको लेस्टर शहरका एक ३४ वर्षीय व्यक्तिको उपचारमा पत्ता लागेको तथ्य अनुसार उनमा हाच्छिउँ रोक्ने कोसिसका कारण घाँटीका कोशिकाहरु फाटेका थिए । साइन्स जर्नल बिएमजे केस रिपोर्टमा चिकित्सकले बताए अनुसार जब मानिसले हाच्छिउँ रोक्ने कोसिस गर्दछन् यसबाट कानमा असर पर्न सक्छ । साथै मस्तिष्कको नसा फाट्न पनि सक्छ ।

चिकित्सकका अनुसार नाक र मुख बन्द गरेर हाच्छिउँ गर्नु खतरनाक हुन सक्छ । त्यसैले यसो गर्नबाट बच्नु जरुरी छ । हुनत हाच्छिउँबाट धेरै रोगहरु फैलिन सक्छ । यस्तोमा बरु मास्क लगाएर नै हाच्छिउँ गर्नु नै उत्तम हुन्छ । यसो गर्दा आफूमा भएको संक्रमण अरुमा सर्न पनि पाउँदैन । आफूलाई पनि हानि हुदैँन । त्यसैले कुनै किसिमको क्षतिबाट बच्न निर्धक्क हाच्छिउँ गर्नु राम्रो हुन्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ४ : ०५ बजे

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण