यौन क्षमता बढाउन उपयोगी अनार « Khabarhub

यौन क्षमता बढाउन उपयोगी अनार


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा अनारलाई बिरामी भेट्न जादाँ लगिने कोशेलीको रुपमा मानिन्छ । यसको कारण अनारमा पाइने बिभिन्न पोषक तत्व हुन् जसले प्राय रोगका बिरामीलाई लाभ गर्दछ ।

अनारको सेवन रोगमा मात्र उपयोगी छैन, यौन जीवन प्रभावकारी बनाउन पनि राम्रो मानिन्छ । दैनिक अनारको जुस सेवन गर्नेहरुमा यौन जीवन सन्तुष्ट रहने गर्दछ । भन्दा फरक नपर्ला अनारको जुसले भियाग्राको काम गर्दछ ।

एडिनबरास्थित क्विन मार्गारेट विश्वविद्यालयमा गरिएको अध्ययन अनुसार २१ वर्षदेखि ६४ वर्षसम्मका महिला र पुरुष गरी ५८ जनामा गरीएको अनुसन्धानमा अनारको जुस पिउनेहरुमा यौन क्षमता बढेको पाइएको थियो । अनारको जुस पिउँदा उनीहरुको टेस्टास्टेरोन हार्मोनको स्तरमा वृद्घि भएको पाइएको थियो ।

टेस्टास्टेरोन मुख्यतः पुरुष हार्मोन हो, जो युवकहरुमा यौन सम्बन्धी विकासकालागि जिम्मेवार हुन्छ । यो हार्मोन आंशिक रूपमा युवतीहरुमा समेत पाइन्छ । यसले उनीहरुको एड्रिनल ग्लान्ड र पाठेघरमा प्रभाव पार्ने गर्छ । साथै, उनीहरुको हाड र मांसपेशीलाई बलियो बनाउँछ ।

अनुसन्धान अनुसार, टेस्टास्टेरोन हर्मोन पुरुष र महिलामा यौनेच्छा जगाउन, तनावको स्तर घटाउन, राम्रो मुड बनाउन, स्मरण शक्ति बलियो पार्न र रोग प्रतिरोधी क्षमता बढाउन समेत सहयोगी हुन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ८ : ३३ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ