कोरोना महामारीविरुद्ध अग्रपंतिमा खट्ने व्यक्तिलाई लक्षित गर्दै टाटा मोटर्सले ल्यायो विशेष योजना « Khabarhub

कोरोना महामारीविरुद्ध अग्रपंतिमा खट्ने व्यक्तिलाई लक्षित गर्दै टाटा मोटर्सले ल्यायो विशेष योजना


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले नोवल कोरोना भाईरस महामारीविरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिका लागि विशेष योजना सार्वजनिक गरेको छ ।

यस प्रतिकुल परिस्थितिमा निरन्तर सेवा पुर्‍याउनु हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा बित्तिय संस्थाका कर्मचारी लगायत यस महामारीमा अग्रपंक्तिमा रहेर सेवा पुर्‍याउनु हुने सम्पुर्ण व्यक्ति यस योजनामा सहभागि हुन सक्नु हुनेछ ।

यो योजना अनुसार कंम्पनीको पुर्वनिर्धारित सुविधा बाहेक थप सुबिधा प्राप्त गर्न सक्नेछन् ।

जसमा विशेष नगद छुट १ लाख ५० हजारका साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा बित्तिय संस्थाका कर्मचारीलाई थप ५० रुपैयाँ नगद छुट, टाटा गाडीसँग जुनसुकै गाडी साट्दा ५० हजार रुपैयाँ एक्सचेन्ज वोनस, र टाटाको गाडीसंग टाटाको गाडी साट्दा लोयल्टी वोनस स्वरुप ३० रुपैयाँ प्राप्त गर्न सक्नेछन् । साथै गाडीहरुको होम डेलिभरीको सुविधा पनि रहेको छ ।

यस योजनामा सहभागी हुन चाहने यस महामारीविरुद्ध अग्रपंक्तिमा कार्यरत ब्यक्तिका लागि १ मे २०२१ देखि बुकिङ्ग खुल्ला गरिएको छ भने ३१ मे २०२१ सम्म यस योजनामा सहभागी हुन सक्नेछन् ।

साथै यस आपतकालीन समयमा पनि कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएको खण्डमा, २४ घण्टा नै सेवामा खटिएको जानकारी गराईएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १ : ३२ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा