अन्तरिक्ष प्रतिष्ठान नेपालका टोलीलाई छात्रवृत्ति स्वरुप सानिमा बैंकले दियो पाँच लाख « Khabarhub

अन्तरिक्ष प्रतिष्ठान नेपालका टोलीलाई छात्रवृत्ति स्वरुप सानिमा बैंकले दियो पाँच लाख


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई पाँचलाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नेपालको विद्यार्थीहरुबाट नेपालमै निर्मित पहिलो स्याटलाइट ‘नेपाली स्याट–२’ अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ अन्तरिक्ष प्रतिष्ठान नेपालले सरकारी (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान) र गैरसरकारी संस्थासँगको सहकार्यमा नेपालका विद्यालय र विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सो सम्बन्धी तालिम तथा ज्ञान उपलब्ध गराउँदै आइरहेको छ । सो टोलीलाई नेपालको पहिलो अन्तरिक्ष नेपाली स्याट–१ को निर्माण/प्रक्षेपण टोलीका प्रोजेक्ट म्यानेजर डा. आभास मास्केले “ड्रिम प्रोजेक्टको” रुपमा नेतृत्व गर्दै आएका छन् ।

कक्षा १० देखि १२ सम्म सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सन् २०२३ सम्म ‘नेपाली स्याट–२ विद्यालय’ नामक स्याटलाइट निमार्ण गर्न एउटा टिम निर्माण गर्नेछन् ।

जस अन्तर्गत बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाली स्याट–२ मा संलग्नदुई जनालाई अन्तरिक्ष निर्माण/प्रक्षेपणका विषयमातालिम र प्रशिक्षणका लागि सहयोग स्वरुप छात्रवृत्तिको प्रदान गरेको हो ।

देशभित्र विज्ञान तथा प्रविधिको अन्वेषण तथा विकासको लागि सहयोग स्वरुप अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा.आभास मास्केलाई सो रकम उपलब्ध गराइएको छ । अन्तरिक्ष प्रतिष्ठान नेपालले सन् २०५० सम्म नेपालको तर्फबाट अन्तरिक्षमा मानव प्रक्षेपण गर्ने लक्ष्य लिएको संस्थापक डा. मास्केले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १ : ०१ बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको