ताप्लेजुङमा निषेधाज्ञा जारी | Khabarhub Khabarhub

ताप्लेजुङमा निषेधाज्ञा जारी


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि सोमबार साँझदेखि निषेधाज्ञा लागू गरिएको छ । सङ्क्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि सात दिनसम्म निषेधाज्ञा लागू गरिएको हो ।

फुङलिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्ने, फक्ताङलुङ गाउँपालिका–३ को लिङ्खिम बारी फुरुम्बु क्षेत्र, सिकैचा बारी फावाखोला क्षेत्र, सुकेटार आसपास, पाथीभरा याङ्वरक गाउँपालिका जाने बाटो कामीडाँडा र काबेली खोलाको चार किल्लाभित्र निषेधाज्ञा लागू भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । निषेधाज्ञा लागू भएसँगै यी क्षेत्र सुनसान बनेका छन् ।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन, सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न, भेला, सभा सम्मेलन, भोजलगायत भीडभाड हुने गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बीमा एवम राष्ट्र बैंकबाट इजाजत प्राप्त सहकारी संस्थाले आफ्नो कार्यालय र कर्मचारीको अवस्था हेरी सम्बन्धित माथिल्लो तहको स्वीकृति लिई आलोपालो सेवा दिन तथा अत्यावश्यक बाहेकका सेवा हाललाई स्थगित गर्नसमेत अनुरोध गरिएको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २० रहेको छ भने तीन जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  २ : ३४ बजे

बिरामी मोहन वैद्य भेट्ट घरमै पुगे प्रचण्ड

काठमाडौं- गत जेठदेखि गम्भीर बिरामी परेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका

खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहोस् घरमा मिठो पराठा

काठमाडौं– घरमा बाँकी खानाले अक्सर टाउको दुख्ने गर्छ । विशेष

इस्टर सन्डे बम विस्फोटमा श्रीलङ्काका शीर्ष प्रहरी बर्खास्त

कोलम्बो- श्रीलङ्काको स्वतन्त्र नियामकले सन् २०१९ को इस्टर सन्डे बम

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

बागलुङ– शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम र शीतल

एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच सहकार्य, ग्राहकलाई डिजिटल भुक्तानीमा १० प्रतिशत छुट

काठमाडौं– एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर