काठमाडौँ– नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ ।
हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ७९५ जना सक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर १७९ जना संक्रमित भेन्टिलेटरमा र ६१६ जना आईसीयूमा उपचारत छन्।
मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा ९३ जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा रहेका छन् । यसैगरी प्रदेश २ मा हाल आईसीयूमा २४ र २ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी बाग्मती प्रदेशमा ३२५ जना आईसीयूमा र १२४ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी गण्डकी प्रदेशमा ४४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६९ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा ३२ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचार रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै तथा सुदूरपश्चिम प्रदेशमा २९ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया