दमक नगरपालिकाले थाल्यो निशुल्क पीसीआर परीक्षण « Khabarhub

दमक नगरपालिकाले थाल्यो निशुल्क पीसीआर परीक्षण


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै दमक नगरपालिकाले संक्रमितहरुको पहिचानका लागि निशुल्क पीसीआर परीक्षण शुरु गरेको छ ।

कोरोनाको पहिलो लहरका बेला समेत निशुल्क परीक्षण सेवा दिएको नगरपालिकाले दोश्रो लहर तीव्र बनेपछि पुनः निशुल्क परीक्षण थालेको हो । दमक २ स्थित कोभिड अस्पतालमा मंगलबार पहिलो दिन ३२ जनाको स्वाव संकलन गरिएको छ ।

दमक नगरपालिकाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा नगरबासीलाई लक्षित गरी पीसीआर परीक्षण शुरु गरेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।

सातामा दुई पटक गरी प्रत्येक साता १ सय जना शंकास्पद संक्रमित, विपन्न परिवारका व्यक्ति तथा चिकित्सकले सिफारिस गरेका व्यक्ति तथा कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरुको पीसीआर परीक्षण गरिने नगरपालिकाकी उपप्रमुख गीत अधिकारीले जानकारी दिइन् ।

दमकमा संक्रमित सय नाघे

कोरोनाको दोश्रो लहर फैलिएपछि दमकमा मात्रै कोरोना संक्रमितको संख्या १ सय नाघेको छ । मंगलबारसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या १ सय १ पुगेको नगरपालिकाले जनाएको हो ।

संक्रमित मध्ये २ जनाको मृत्यु भएको छ भने ८ जना संक्रमणमुक्त भइसकेका छन् । हाल ३३ महिला सहित ९१ जना सक्रिय संक्रमित रहेको नगरपालिकाकी प्रवक्ता समेत रहेकी उपमेयर अधिकारीले बताइन् ।

दमक नगरपालिकाले वडा नं. २ मा कोभिड उपचार केन्द्र समेत सञ्चालनमा ल्याएको छ । त्यसमा हाल तीन महिला र चार पुरुष उपचाररत छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ८ : १४ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन