कोरोना संक्रमित क्योकुसिन कराते खेलाडी बज्राचार्यको निधन « Khabarhub

कोरोना संक्रमित क्योकुसिन कराते खेलाडी बज्राचार्यको निधन


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमणबाट क्योकुसिन कराते पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको निधन भएको छ । उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।

यही वैशाख १६ गते कोरोनाबाट संक्रमित भएपछि ६६ वर्षीय बज्राचार्यलाई गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएकामा निको नभएपछि वैशाख १९ गते थप उपचारका लागि सशस्त्र प्रहरी अस्पताल लगिएको ओलम्पियन दीपक महर्जनले जानकारी दिए ।

बज्राचार्यले सन् १९८२ मा सिंगापुर तथा सन् १९८४ मा इण्डोनेसियामा सम्पन्न अल एसिया फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए ।

इन्डोनेसियामा सम्पन्न प्रतियोगितामा उनले कास्य पदक प्राप्त गरेका थिए । विसं २०३९ देखि क्योकुसिन कराते खेल्दै आउनुभएका बज्राचार्य दुई पटक राष्ट्रिय च्याम्पियन बनेका थिए । रासस

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ८ : ३२ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि