फ्याक्ट चेक : साँच्चै वृद्धभत्ता बढेकै खुशीमा ताली बजाएकी हुन त यी वृद्धाले ? « Khabarhub

फ्याक्ट चेक : साँच्चै वृद्धभत्ता बढेकै खुशीमा ताली बजाएकी हुन त यी वृद्धाले ?


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एक जना जेष्ठ नागरिक महिलाले अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गरिरहेको हेरर तालिबजाइरहेको दाबीसहितको एउटा तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा केही मानिसहरुले गरेको दाबी अनुसार सरकारले बजेट बक्तव्यमार्फत वृद्धभत्ता बढाएको खुशीमा ती जेष्ठ नागरिकले ताली बजाएको उल्लेख गरेका छन् ।

तथ्य र प्रमाण विना नै भाइरल बनाइएको यो तस्वीरको वास्तविकता भने नितान्त फरक छ ।

भ्रम : अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरिरहँदा यी जेष्ठ नागरिक महिलाले वृद्धभत्ता बढेको खुशीमा ताली बजाएकी हुन् ।

यही तस्वीर राखेर एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्- यो तस्वीरले साह्रै मन छोयो, बजेट भाषण सुन्दै बृद्ध आमा, सबैको साहारा हाम्रो #एमाले  । 

तस्वीर स्रोत- फेसबुकबाट

उही तस्वीर राख्दै ‘सही पनि एमाले मै पनि एमाले’ नामक फेसबुक पेजले पनि भ्रम फिजाएको पाइएको छ ।

सही पनि एमाले मै पनि एमाले नामक फेसबुक पेजको स्क्रिन सट

त्यसैगरी सामाजिक सञ्जालमा दुवै तस्वीर पोस्ट गर्दै पत्रकार भानुभक्त आचार्यले पनि सामाजिक सञ्जालमा नक्कली तस्वीर राखेर भ्रम फिजाउन खोजिएको भन्दै आलोचना गरेका छन् ।

तस्वीर- भानुभक्त आचार्यको फेसबुकको स्क्रिन सट

यसैगरी अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता जयसिंह महराले पनि दुबै तस्वीर राख्दै दोस्रो तस्वीरबारे व्याख्या गर्ने केही शब्द भेटिएन साह्रै मन छुयो भन्दै व्यङ्ग्य गरेका छन । उनले ट्वीटरमा राखेको पोस्टको स्क्रिन सट यस्तो छ-

स्रोत- जय सिंह महराको ट्वीटरबाट स्क्रिन सट

वास्तविकता : खासमा यो वास्तविक तस्वीर नै होइन । न त यी महिला नेपाली नै हुन् । विदेशी महिलालाई नेपालको वृद्ध भत्ता बढोस्/नबढोस् के चासो ? यो तस्वीर ‘फोटोसप’ गरिएको सत्य हो । टिभी स्क्रिनमा अर्थमन्त्री विष्णु पौडेलको फोटो जोडिएको बाहेक अरु केही पनि होइन ।

वास्तविकमा बुझ्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१९ मा दोस्रो पटक निर्वाचित भएपछि प्रधानमन्त्रीको शपथ लिँदै गर्दा उनकी आमाले टेलिभिजन हेरेर ताली बजाएको सत्य हो । यही तस्वीर राखेर धेरै भारतीय मिडियाहरुले समाचार प्रकाशित समेत गरेका छन् । तस्वीर स्रोत पीटीआई पनि उनीहरुले उल्लेख गरेका छन् ।

तस्वीरमा देखिएकी जेष्ठ नागरिक भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीकी आमा हुन् । द इन्डियन एक्सप्रेसले प्रकाशित गरेको यो समाचारले थप पुष्टि गर्छ ।

तस्वीर स्रोत- पीटीआई

यी भाइरल तस्वीहरुको यथार्थ केलाउँदा वास्तविक तथ्य र प्रमाण विना नै सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने, आफ्नो स्वार्थ पूर्तिका लागि अरुमाथि पर्ने असरको कुनै वास्ता नगर्ने र  विभिन्न पोस्टहरु सामाजिक सञ्जालमा भाइरल गराउने बिकृति बढ्न थालेको निष्कर्ष निकालिएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ८ : ५९ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील