काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नियमित संवाद कार्यक्रम ‘हामी सुन्छौं’ मा बिहीबार विभिन्न क्षेत्रका नागरिकले आफ्ना समस्या तथा गुनासा राखेका छन्।
बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा आयोजित कार्यक्रममा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति एवं सांसद डा. ओजस्वी शेरचन र सांसद प्रमोदकुमार महतोले सर्वसाधारणका गुनासो सुन्दै ती विषयमा सम्बोधन गरेका हुन्।
कार्यक्रममा मुलुकका विभिन्न स्थानबाट सहभागी भएका नागरिकले शिक्षा, स्वास्थ्य र बैंकिङ क्षेत्रका समस्याका साथै रुस–युक्रेन द्वन्द्वमा फसेका आफन्तको उद्धारका लागि पहल गरिदिन माग गरेका थिए।
सांसदद्वय शेरचन र महतोले नागरिकले उठाएका समस्या समाधानका लागि संसदीय समिति र सम्बन्धित निकायमार्फत आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।














प्रतिक्रिया