पहाडी भू-भागमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना « Khabarhub

पहाडी भू-भागमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्‍चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । पहाडी भूभागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा को सम्भावना रहेको छ ।

यसैगरी आज राति पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । त्यस्तै प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा को सम्भावना रहेको छ।

पहाडी भूभागका एक दुइ स्थानमा स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ७ : ३६ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु