महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै « Khabarhub

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्दैछ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार दिउँसो १ बजे बैठक पार्टी कार्यालयमा बस्ने भएको छ।

कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले अबको १६ दिनमा क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको बताउँदै क्रियाशील सदस्यताको काम सकेर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गरौँ भन्ने प्रस्ताव गरेका छन्।

“नेपाली कांग्रेसको महाधिवेशनबाट नेतृत्व चयन गर्ने मात्रै भन्दा सकारात्मक खालको के सन्देश दिने भन्ने हो, अहिले हामी महाधिवेशनमा केन्द्रित छौँ, जेलबाट भागेका कैदी र लुटिएका हतियार फिर्ता नआएसम्म चुनाव हुन असम्भव छ, यसका लागि सरकारले वातावरण बनाउनुपर्छ, चुनाव फागुनमा भन्दा वैशाखमा गर्नु उपयुक्त हुन्छ”, उनले भनेका छन्।

महामन्त्री शर्माले पार्टीको संस्थागत निर्णय हामी सबैले मान्नुपर्छ भन्दै महाधिवेशनको मिति केही दिन हेरफेर पनि हुनसक्ने बताएका छन्।

यता पार्टी प्रवक्ता डा प्रकाशशरण महतले पार्टीका विषयलाई कसैले अतिरञ्जित तरिकाले सार्वजनिक गर्नुभन्दा पार्टीको बैठकमा राख्नु उचित हुने जनाएका छन्। “हामीले कसैलाई दोष दिने कुरा छैन, सभापतिले कार्यवाहक सभापतिलाई सम्पूर्ण अधिकार दिनुभएको छ, महामन्त्रीलाई क्रियाशील सदस्यको व्यवस्थापन गर्ने अधिकार विधानले नै दिएको छ, अब सकेसम्म कति समय लाग्छ, त्यो टुङ्गो लगाएर अधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउन कुनै कठिनाइ छैन, त्यसपछि अधिवेशन रोकिने छैन, सहज रुपमा हुन्छ”, उनले भनेका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बस्दै आएको छ।

बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको आजको बैठकमा नेताले धारणा राख्नेक्रम जारी छ। उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले आ-आफ्नो धारणा राखिसकेका छन्।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ६ : ३५ बजे

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र