विदेशी चिकित्सकसँग नियमित छलफल गर्दै उपचार « Khabarhub

विदेशी चिकित्सकसँग नियमित छलफल गर्दै उपचार


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको एक अस्पतालले भारतीय विशेषज्ञ चिकित्सकसँग नियमित छलफल गरेर कोभिड उपचार गर्दै आएको छ । लेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले भारतीय चिकित्सकसँग छलफल गरेर उपचार गर्दै आएको हो ।

अस्पतालले भारतको चेन्नाइमा रहेको ग्लोबल हस्पिटलका विशेषज्ञ चिकित्सकसँग कोभिड उपचारबारे जुममार्फत नियमित छलफल गर्दै आएको छ । अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानका अनुसार हरेक दिन दिउँसो २:३० बजे यहाँका कोभिड उपचारमा संलग्न क्रिटिकल केयरका चिकित्सक स्वास्थ्यकर्मी र ग्लोबल हस्पिटलका वरिष्ठ चिकित्सकबीच सङ्क्रमितका विषयमा अन्तक्रिया हुने गरेको छ । प्रधानले भने, “सङ्क्रमितमध्ये २० प्रतिशत जति जटिल हुने गर्दछन् । उनीहरूको एक/एक गरेर हामी छलफल गर्छौँ।”

यहाँ गरिरहेको उपचार पद्दति, बिरामीको अवस्था, प्रयोगशालाका नतिजालगायत विषयमा छलफल गरी सुधार गर्नुपर्ने विषय टिपोट गरेर उपचार गरिन्छ । ग्लोबल हस्पिटलका सङ्क्रामक रोग विशेषज्ञ डा सुप्रमन्यमको नेतृत्व चार वरिष्ठ चिकित्सक अन्तक्रियामा सहभागी हुने उनले जानकारी दिए ।

सङ्क्रमितलाई कसरी उपचार गर्दा निको पार्न सकिन्छ भन्नेबारे पछिल्लो अनुभव र प्रविधिका विषयमा छलफल गरिन्छ । प्रधानले भने, “हामीले सङ्क्रमितलाई उत्तानो पारेर सुताउँथ्यो, तर घोप्टो पारेर सुताउँदा श्वासप्रश्वासमा सहज हुने र अक्सिजनको मात्रा बढ्ने थाहा भएसँगै त्यसै गरेका छौँ ।” यो अन्तक्रियाबाट यहाँका क्रिटिकल केयरमा काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीले धेरै ज्ञान प्राप्त गरेको र उनीहरूको आत्मबलसमेत बढेको उनको भनाइ छ ।

शुरुका दिनहरुमा सङ्क्रमित नजिक जानसमेत डराउने स्वास्थ्यकर्मी जुम मिटिङसँगै बिरामीसँग नजिकिने गरेका छन् । पछिल्ला अनुसन्धान र उपलब्धिका विषयमा स्वस्थ्यकर्मीले यसबाट थाहा पाएका छन् । सङ्क्रमितलाई कस्ता औषधि चलाउने भन्ने विषयमा गहन छलफल हुने गरेको छ । प्रधानको भनाइमा कोभिडको पहिलो लहर नेपालमा आएसँगै गत वर्षको साउनदेखि ग्लोबल हस्पिटलसँग सहकार्य गरिएको हो ।

यस मेडिकल कलेजले पहिलो लहरमा २२० सङ्क्रमितको उपचार गरेको थियो । दोस्रो लहरमा हालसम्म ३५० जनाको उपचार गरिसकेको छ । अस्पतालमा ९० शय्याको कोभिड सघन उपचारकक्ष, ४० शय्याको एचडीयू र ७० साधारण शय्या रहेका छन् । रासस

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १० : ०५ बजे

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी