‘प्रेम कहानी’मा ‘गली ब्वाई’ जोडी « Khabarhub

‘प्रेम कहानी’मा ‘गली ब्वाई’ जोडी


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउडलाइफ)– बलिउड निर्माता तथा निर्देशक करण जोहार लामो समयदेखि चर्चामा छन् । हालैमात्र उनको प्रोडक्सन हाउसले अभिनेता कार्तिक आर्यनलाई फिल्म ‘दोस्ताना २’बाट निकालेपछि दर्शकको निशानामा करण परेका थिए ।

अहिले करण पुनः चर्चामा छन् । उनले आफ्नो नयाँ प्रोजेक्टको काम सुरु गरिसकेका छन् । उनले निर्देशन गर्न लागेको रोमान्टिक कमेडी फिल्म ‘प्रेम कहानी’मा ‘गली ब्वाई’ जोडी अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट अनुबन्धित भइसकेका छन् । यही फिल्ममार्फत करण चार वर्षपछि निर्देशनमा फर्कदैछन् ।

यसै वर्षको मे महिनाबाट सुटिङ सुरु हुने भनिएको यो फिल्म कोभिड महामारीका कारण पछाडि धकेलिएको छ । फिल्म निकट स्रोतका अनुसार फिल्मका प्रमुख दुई पात्र विपरित स्वभावका हुन्छन् ।

फिल्मको प्रि प्रोडक्सनको काम सुरु भइसकेको छ । सुटिङमा जानु अघि फिल्मका सबै सदस्यलाई कोभिड भ्याक्सिन लगाउने योजनामा निर्माण पक्ष रहेको छ । फिल्मको सेट निर्माण लकडाउन खुलेपछि गरिनेछ । करणले यसअघि फिल्म ‘ऐ दिल है मुश्किल’ निर्देशन गरेका थिए ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १२ : ०० बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,