‘प्रेम कहानी’मा ‘गली ब्वाई’ जोडी | Khabarhub Khabarhub

‘प्रेम कहानी’मा ‘गली ब्वाई’ जोडी


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउडलाइफ)– बलिउड निर्माता तथा निर्देशक करण जोहार लामो समयदेखि चर्चामा छन् । हालैमात्र उनको प्रोडक्सन हाउसले अभिनेता कार्तिक आर्यनलाई फिल्म ‘दोस्ताना २’बाट निकालेपछि दर्शकको निशानामा करण परेका थिए ।

अहिले करण पुनः चर्चामा छन् । उनले आफ्नो नयाँ प्रोजेक्टको काम सुरु गरिसकेका छन् । उनले निर्देशन गर्न लागेको रोमान्टिक कमेडी फिल्म ‘प्रेम कहानी’मा ‘गली ब्वाई’ जोडी अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट अनुबन्धित भइसकेका छन् । यही फिल्ममार्फत करण चार वर्षपछि निर्देशनमा फर्कदैछन् ।

यसै वर्षको मे महिनाबाट सुटिङ सुरु हुने भनिएको यो फिल्म कोभिड महामारीका कारण पछाडि धकेलिएको छ । फिल्म निकट स्रोतका अनुसार फिल्मका प्रमुख दुई पात्र विपरित स्वभावका हुन्छन् ।

फिल्मको प्रि प्रोडक्सनको काम सुरु भइसकेको छ । सुटिङमा जानु अघि फिल्मका सबै सदस्यलाई कोभिड भ्याक्सिन लगाउने योजनामा निर्माण पक्ष रहेको छ । फिल्मको सेट निर्माण लकडाउन खुलेपछि गरिनेछ । करणले यसअघि फिल्म ‘ऐ दिल है मुश्किल’ निर्देशन गरेका थिए ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १२ : ०० बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन