श्रुतिको ‘चुँडेल’ प्रेम ! | Khabarhub Khabarhub

श्रुतिको ‘चुँडेल’ प्रेम !


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउडमा बोल्ड अभिनेत्रीको सूची बनाउदा त्यसमा नछुट्ने नाम हो श्रुति हासन । श्रुति सामाजिक सञ्जालमा आफ्नो नयाँ फोटोसुटका कारण चर्चामा आइरहन्छिन् ।

उनी आफ्नो लुक्सलाई प्रयोग गर्छिन् । जसकारण कैयौं पटक ट्रोलको निशानामा परेकी छन् । श्रुतिको गाढा निलाे लिपिस्टिकसँग निकै लगाव छ । उनले कैयौं पटक इन्स्टाग्राममा आफ्नो तस्वीर शेयर गरिसकेकी छन् ।

हालैको एक अन्तरवार्तामा आफूले गाढा निलाे लिपिस्टिकयुक्त तस्वीर सामाजिक सञ्जालमा राख्दा अपशब्द प्रयोग गरिएको खुलासा गरेकी छन् । उनका अनुसार एक ट्रोलरले उनलाई ‘चुँडेल’ भनेका थिए ।

‘आफ्नो रिपोर्ट कार्डमा गोल्ड स्टार लगाउनका लागि मैले त्यो कालो लिपिस्टिक लगाइनँ । तर मलाई गाढा निलाे लिपिस्टिक मनपर्छ । मानिसहरुको हावादारी कुराले म आफ्नो मनपर्ने कुरा बदल्न सक्दिनँ’, उनले भनेकी छन् ।

आफूलाई चुँडेल भन्ने ट्रोललाई पनि उनले जवाफ दिएकी छन् । ‘चुँडेल दुःखी छ, त्यही भएर मलाई ऊ मनपर्छ । म चुँडेल बन्नु ठिक हो । कसैले मलाई चुँडेल भन्छ भने उसले मेरो ठूलो तारिफ गरेको उसले पत्तो पाएको छैन’, उनले भनेकी छन् ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १२ : ४० बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले