कोभिड सङ्क्रमितलाई भत्ता र मृतकका परिवारलाई आर्थिक सहयोग | Khabarhub Khabarhub

कोभिड सङ्क्रमितलाई भत्ता र मृतकका परिवारलाई आर्थिक सहयोग


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कोभिड—१९ सङ्क्रमित प्रत्येक व्यक्ति तीन हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने भएको छ । यस्तै गाउँपालिकाले कोभिड सङ्क्रमणबाट मृत्यु हुने परिवारलाई रु २५ हजार उपलब्ध गराउने भएको छ ।

कोभिड—१९ सङ्क्रमित भएर लामो समयसम्म आइसोलेसनमा बस्ता आर्थिक समस्या आउने भएकाले सो रकम प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी दुम्वापोले बताए ।

उनले भने,“कोभिड—१९ सङ्क्रमितलाई पौष्टिक आहार फलफूल, चना, अण्डा उपलब्ध गराउने निर्णय गरेका थियौँ । कसैको घरमा गुजारा चलाउनै समस्या भएको छ । त्यसैले नगद उपलब्ध गराइयो भने आफ्नै आवश्यताअनुसार खर्च गर्न सक्ने भएकाले नगद प्रदान गर्ने निर्णय गरिएको हो ।”

गाउँपालिकामा सक्रिय कोभिड सङ्क्रमित ३३ जना रहेको र १० जना निको भइसकेको स्वास्थ्य शाखा प्रमुख फुर्वा शेर्पाले बताए । कोभिड सङ्क्रमणबाट एकको मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १२ : ५५ बजे

एसिया कप : आज भारत र बंगलादेश भिड्दै

काठमाडौं – एसिया कपको सुपर फोरमा नेपाल र बंगलादेश भिड्दैछन्

जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका

काँकरभिट्टा नाकाबाट दुई महिनामा करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो दुई महिनामा काँकरभिट्टा

धवलागिरिका ४४० घरमा खानेपानी सुविधा विस्तार

म्याग्दी– धवलागिरि गाउँपालिकामा यस वर्ष निर्माण सम्पन्न भएका दुईवटा योजनामार्फत

यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल