पूर्व सांसद तामाङको निधन | Khabarhub Khabarhub

पूर्व सांसद तामाङको निधन


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – पूर्व सांसद एवं कम्यूनिष्ट नेता विष्णुबहादुर तामाङ (बीएल वाइबा) ७८ वर्षको उमेरमा निधन भएको छ । सिरहाको कर्जन्हा नगरपालिका ५ घर भएका पूर्व सांसद तामाङको बिहीवार राति निधन भएको हो ।

पछिल्लो समय कोरोना संक्रमित तामाङ उपचारपछि निको भइसकेका बेला सुगरको मात्रा बढेपछि झापाको दमकस्थित आम्दा अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । कर्जन्हा ५ का वडाध्यक्ष भुषण खातीका अनुसार गाउँमै तामाङको दाहसंस्कार गरिनेछ ।

तामाङ २०४८ सालको आम निर्वाचनमा सिरहा क्षेत्र नम्वर ५ बाट तत्कालिन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए । जनमोर्चामै रहेर राजनीति गरिरहेका उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिरहाबाट चुनाव लडेपछि माओवादीमा ल्याइएको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १ : १० बजे

एसिया कप : आज भारत र बंगलादेश भिड्दै

काठमाडौं – एसिया कपको सुपर फोरमा नेपाल र बंगलादेश भिड्दैछन्

जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका

काँकरभिट्टा नाकाबाट दुई महिनामा करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो दुई महिनामा काँकरभिट्टा

धवलागिरिका ४४० घरमा खानेपानी सुविधा विस्तार

म्याग्दी– धवलागिरि गाउँपालिकामा यस वर्ष निर्माण सम्पन्न भएका दुईवटा योजनामार्फत

यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल