पूर्व सांसद तामाङको निधन « Khabarhub

पूर्व सांसद तामाङको निधन


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – पूर्व सांसद एवं कम्यूनिष्ट नेता विष्णुबहादुर तामाङ (बीएल वाइबा) ७८ वर्षको उमेरमा निधन भएको छ । सिरहाको कर्जन्हा नगरपालिका ५ घर भएका पूर्व सांसद तामाङको बिहीवार राति निधन भएको हो ।

पछिल्लो समय कोरोना संक्रमित तामाङ उपचारपछि निको भइसकेका बेला सुगरको मात्रा बढेपछि झापाको दमकस्थित आम्दा अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । कर्जन्हा ५ का वडाध्यक्ष भुषण खातीका अनुसार गाउँमै तामाङको दाहसंस्कार गरिनेछ ।

तामाङ २०४८ सालको आम निर्वाचनमा सिरहा क्षेत्र नम्वर ५ बाट तत्कालिन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए । जनमोर्चामै रहेर राजनीति गरिरहेका उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिरहाबाट चुनाव लडेपछि माओवादीमा ल्याइएको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १ : १० बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी