नागरिकता अध्यादेशविरुद्धका रिटमाथिको सुनुवाइ शुरु | Khabarhub Khabarhub

नागरिकता अध्यादेशविरुद्धका रिटमाथिको सुनुवाइ शुरु


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिकता अध्यादेशविरुद्धको रिटमाथिको सुनुवाइ शुरु भएको छ ।

सरकारले ल्याएको नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध परेका रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको हो ।

वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, अधिवक्ता राम बहादुर शाही, अधिवक्ता कुल बहादुर बोगटी, अधिवक्ता वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीका उप-महासचिव लक्ष्मण पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रपति कार्यालयसमेतलाई विपक्षी बनाई दायर रिटमा सुनुवाइ जारी छ ।

आजै नागरिकता अध्यादेशविरुद्ध परेका रिटमा सुनुवाइ गर्न बरिष्ठ न्यायाधीश सम्मिलित संवैधानिक इजलास गठन भएको थियो ।

नागरिकता सम्बन्धी अध्यादेशविरूद्धको रिट हेर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले वरिष्ठ न्यायाधीशको संवैधानिक इजलास तोकेका छन् ।

आजको इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, हरिकृष्ण कार्की, मिरा खड्का र ईश्वरप्रसाद खतिवडा छन्। वरिष्ठ पाँचमध्ये विश्वम्भर श्रेष्ठ अहिले आइसोलेसनमा छन्। त्यसपछिका बरिष्ठ खतिवडा हुन्।

नागरिकताजस्तो संवेदनशील र राष्ट्रियतासँग जोडिएको विषयमा अध्यादेश ल्याएको भन्दै अधिवक्ता बोर्णबहादुर कार्की, रामबहादुर शाही लगायतका ६ रिटमाथि आजको संवैधानिक इजलासले सुनुवाइ गर्नेछ।

सरकारले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने प्रयोजनका लागि केही दिनअघि नागरिक ऐन संशोधन गर्न अध्यादेश ल्याएको थियो।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १ : ३२ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना