प्रदेश २ : स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट तयार हुँदै « Khabarhub

प्रदेश २ : स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट तयार हुँदै


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ सरकारले आउँदो असार १ गते प्रदेश सभामा अगामी आर्थिक वर्षको बजेट पेश गर्ने तयारी गरेको छ ।

सोहीअनुसार बजेटको तयारी भइरहेको सरकारी अधिकारीहरूले जनाएका छन् । प्रदेश सरकारले असार १ गतेभित्र प्रदेश सभामा बजेट पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दाहालका अनुसार चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि बजेटको आकार केही घट्न सक्नेछ । बन्दाबन्दीले राजस्व संकलनमा गिरावट आएको उनको भनाइ छ । ‘लक्ष्य अनुसार राजस्व संकलन हुन सकेको छैन,’ उनले भने, ‘केन्द्रमा पनि सरकारले बजेटको अकार घटाएको छ । यहाँ पनि बजेटको अकार घट्न सक्छ ।’

आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले चालु वर्षकै हराहारी आकारमा बजेट आउन सक्ने बताए । ‘आन्तरिक ऋण असुलीको अवस्था हेरेर मात्र बजेटको आकार फाइनल हुनेछ,’ उनले भने, ‘बजेट ठ्याक्कै फाइनल त भएको छैन तर आकार बढ्ने स्थिति कमै देखिन्छ ।’

मन्त्री यादवले कोरोना महामारी नियन्त्रण र व्यवस्थापनमा केन्द्रित बजेट पेश गर्ने तयारी भइरहेको बताए । विकास निर्माणको बजेट चालु आर्थिक वर्षको भन्दा केही कम हुन सक्ने तथा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ ।

नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाका अनुसार प्रदेशसभा अधिवेशनको पहिलो बैठकमै नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । बजेटमा हरेक पक्षलाई समेटने प्रयास गरिएको उनले बताए । प्रदेश २ को बजेट अधिवेशन जेठ २४ गते शुरू हुँदैछ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ३ : २८ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी