सरकारी गाडीमा ‘डेटिङ’ गएका आयोजना प्रमुखमाथि कारबाही शुरू « Khabarhub

सरकारी गाडीमा ‘डेटिङ’ गएका आयोजना प्रमुखमाथि कारबाही शुरू


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृह मन्त्रालयले निषेधाज्ञाको समयमा सार्वजनिक स्थलमा ‘डेटिङ’ गएका शहरी विकास विभाग अन्तर्गतको नयाँ शहर आयोजना प्रमुखलाई कारबाही गर्न निर्देशन दिएको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ गएका आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारबाही गर्न मन्त्रालयले निषेधाज्ञा जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई निर्देशन दिएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले नयाँ शहर आयोजना प्रमुख श्रेष्ठले सरकारी गाडीको दुरुपयोग गरेकाले कारबाही गर्न भन्दै गृहमन्त्रालबाट पत्र आएको बताए ।

‘हामीलाई गृहमन्त्रालबाट सरकारी गाडी दुरुपयोगका विषयमा कारबाही अघि बढाउन आजै मात्र पत्र आएको छ ।’ खबरहबसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, ‘हामी सम्बन्धित कार्यालयबाट जवाफ माग गर्दै पत्र पठाउँछौँ, त्यसपछि कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।’

श्रेष्ठ गत आइतबार बिहान प्रदेश नं. ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा युवतीसहित स्वयम्भू पुगेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भिडियो र तस्वीरमा अनुहार प्रष्ट नखुले पनि गाडी नम्बरका आधारमा उनको परिचय खुलेको हो ।

आइतबार बिहान करिब ११ बजेको समयमा सेतो नम्बर प्लेटको सरकारी गाडीमा युवती लिएर उनी स्वयम्भू डाँडामा पुगि ‘डेटिङमा मस्त’ रहेको तस्वीर तथा भिडियो सार्वजनिक भएको थियो ।

यो पनि पढौँ

सरकारी गाडी लिएर ‘डेटिङ’मा स्वयम्भू पुग्ने व्यक्तिको परिचय खुल्यो, के होला कारबाही ?

निषेधाज्ञाको समयमा सरकारी गाडीमै स्वयम्भू पुगेर एक जोडी ‘डेटिङमा लिप्त’

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ३ : ५७ बजे

‘महाभारत’का अश्वत्थामादेखि ‘गजनी’का डरलाग्दा खलनायकसम्म: प्रदीप रावत सङ्घर्ष र सफलता

भारतीय चलचित्रमा केही कलाकार यस्ता हुन्छन्, जसको नाम सुन्नासाथ कुनै

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु

बालेन सत्तामा बोल्न नपाइने शब्द !

काठमाडौँ – यो कार्टुनले लोकतन्त्रमा पनि कसरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार