प्रकाश र मेलिनाको ‘प्रार्थना’ | Khabarhub Khabarhub

प्रकाश र मेलिनाको ‘प्रार्थना’


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोभिड महामारीका कारण दैनिक रुपमा झण्डै सयको हाराहारीमा नागरिकको निधन भइरहेको छ । संक्रमित र संक्रमणमुक्त हुनेको संख्या केही हजारको हाराहारीमा छ ।

कोभिड महामारीबाट कसैको निधन नहोस् भन्ने चाहना हुँदा हुँदै पनि त्यो बेला चाहनामै सीमित छ । तर पनि मानिसहरुले ‘समवेदना’ र ‘श्रद्धाञ्जली’का शब्द नलेख्नुपरोस् भन्ने चाहिरहेका छन् ।

यही परिप्रेक्ष्यमा गायक प्रकाश सपुत र गायिका मेलिना राईको स्वरमा ‘प्रार्थना’ बोलको गीत सार्वजनिक भएको छ । अशोक शेरचनको शब्द तथा प्रकाश सपुतको संगीत रहेको गीतमा योगेश काजीको मिक्सिङ र एचबीएन किस्मतको मिक्सिङ तथा मास्टरिङ छ ।

प्रवेश पौडेल निर्देशित भिडियोमा गायक प्रकाश र गायिका मेलिनासँगै प्रसन्न ढुंगाना, राकेश भडेल, दिपाञ्जली पर्या मगर, सुष्मा चौधरी, स्मन लामा, करण यादव र बाल कलाकार आरिहान पौडेल तथा प्रविष्ट सपुत फिचर्ड छन् ।

भिडियोमा मनोज जोशीको क्रिएटिम एसोसिएट, जीवन थापाको सम्पादन, कलर र जीएफएक्स छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ६ : ४० बजे

सुहाङले लिए निर्वाचन आयोगबाट प्रमाणपत्र 

इलाम– इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा

रेशम चौधरीबारे शंकर पोखरेल : सामन्तीलाई बोकेर हिँडे, अब थारु समुदाय पछि लाग्दैनन्

काठमाडौं-  नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत

एमाले महासचिवको निष्कर्ष : उपचुनावले नयाँ राजनीतिक ध्रुवीकरण सुरु भयो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैशाख १५ गते सम्पन्न उपचुनावले

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना, २१ जना घाइते

पोखरा– मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

देउखुरी– २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि