प्रकाश र मेलिनाको ‘प्रार्थना’ « Khabarhub

प्रकाश र मेलिनाको ‘प्रार्थना’


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोभिड महामारीका कारण दैनिक रुपमा झण्डै सयको हाराहारीमा नागरिकको निधन भइरहेको छ । संक्रमित र संक्रमणमुक्त हुनेको संख्या केही हजारको हाराहारीमा छ ।

कोभिड महामारीबाट कसैको निधन नहोस् भन्ने चाहना हुँदा हुँदै पनि त्यो बेला चाहनामै सीमित छ । तर पनि मानिसहरुले ‘समवेदना’ र ‘श्रद्धाञ्जली’का शब्द नलेख्नुपरोस् भन्ने चाहिरहेका छन् ।

यही परिप्रेक्ष्यमा गायक प्रकाश सपुत र गायिका मेलिना राईको स्वरमा ‘प्रार्थना’ बोलको गीत सार्वजनिक भएको छ । अशोक शेरचनको शब्द तथा प्रकाश सपुतको संगीत रहेको गीतमा योगेश काजीको मिक्सिङ र एचबीएन किस्मतको मिक्सिङ तथा मास्टरिङ छ ।

प्रवेश पौडेल निर्देशित भिडियोमा गायक प्रकाश र गायिका मेलिनासँगै प्रसन्न ढुंगाना, राकेश भडेल, दिपाञ्जली पर्या मगर, सुष्मा चौधरी, स्मन लामा, करण यादव र बाल कलाकार आरिहान पौडेल तथा प्रविष्ट सपुत फिचर्ड छन् ।

भिडियोमा मनोज जोशीको क्रिएटिम एसोसिएट, जीवन थापाको सम्पादन, कलर र जीएफएक्स छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ६ : ४० बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर