ललितपुर महानगरले कोरोनाले मृत्यु भएका परिवारलाई १ लाख दिने | Khabarhub Khabarhub

ललितपुर महानगरले कोरोनाले मृत्यु भएका परिवारलाई १ लाख दिने


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुर महानगरपालिकाले कोरोना भाइरसका संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ दिने भएको छ ।

महानगरका प्रमुख चिरिबाबु महर्जनले शुक्रबार पत्रकार सम्मेलन गरी कोरोनाको दोस्रो भेरिन्टबाट मृत्यु भएकाहरुलाई १ लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।

‘आज मात्र निर्णय भएको हो, अब महानगर क्षेत्रमा कोरोनाले ज्यान गुमाएकाहरुको तथ्यांक संकलन गर्छौँ’, महर्जनले खबरहबसँग भने, ‘वैशाखयता मृत्यु भएकाहरुको परिवारलाई एक लाख रुपैयाँ सहयोग स्वरुप प्रदान गर्नेछौँ ।’

त्यस्तै आइसीयू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरुलाई उपचार खर्च बापत रु ५० हजार र अस्पताल भर्ना भइ कोभिड जितेकाहरुलाई २५ हजार रुपैयाँ प्रदान गरिने समेत उनले बताए ।

कोरोना संक्रमितहरुको सहजताका लागि महानगरले अक्सिजन सहितको अत्याधुनिक आइसोलेसन सेन्टर समेत सञ्चालन गरेको छ । आगामी आइतबारबाट महानगरका विभिन्न वडाहरुमा एन्टिजेन विधिबाट कोरोना परीक्षण समेत गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ६ : ४३ बजे

एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी

काठमाडौं – एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले श्रीलंकाविरुद्ध पाँच

आश्विन शुक्ल तृतीयाः चन्द्रघण्टा देवीको साधना हुँदै

काठमाडौं – बडा दशैँ एवं नवरात्रको तेस्रो दिन दशैँ घर

बुधबार लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज ८ गते बुधबार। आश्विन

आज २०८२ साल असोज ८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ८ गते बुधबार। आश्विन