भारतबाट रासायनिक मल खरिदका लागि स्वीकृति | Khabarhub Khabarhub

भारतबाट रासायनिक मल खरिदका लागि स्वीकृति


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले रासायनिक मल आयातका लागि भारतसँग ‘जी टु जी’ मार्फत खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल सरकार र भारत सरकारबीच रासायनिक मलको आयातका लागि जी टु जी मार्फत खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकले सगरमाथा संवादको आयोजना गर्ने निर्णय गरिएको पनि उनले जानकारी दिए । जेष्ठ १०, १३, १५, १७ र २० गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सुनाउँदै मन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारीहरूलाई कोभिड–१९ को पदाधिकारी मुकरर गर्ने निर्णय गरेको बताए ।

यसैगरी, नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीस्थित घरजग्गा बिक्री गर्ने निर्णय सरकारले गरेको छ । यस्तै हरेक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय सरकारले गरेको मन्त्री गुरुङले बताए । सरकारले विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा प्रा.डा. यादवप्रकाश लामिछानेलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । मदन भण्डारी औद्योगिक विश्वविद्यालय पूर्वधार निर्माण विकास समितिको कार्यकारी निर्देशकमा डा. विनोद अर्याललाई नियुक्त गर्ने निर्णय सरकारले गरेको प्रवक्ता गुरुङले बताए ।

त्यस्तै, सञ्चारमन्त्री गुरुङले सञ्चार मन्त्रालयको नीति, कार्यक्रम तथा बजेटलाई नयाँ ढङ्गले रुपान्तरण गरिएको बताए । पत्रकारको क्षमता अभिबृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनका लागि आवश्यक बजेट व्यवस्था गरिएको उनले बताए । त्यसक्रममा मन्त्री गुरूङले विपक्षी राजनीतिक दलले यसपालि बजेटको विरोध गर्ने ठाउँ नपाएको पनि बताए ।

मन्त्री गुरुङले ढुंगा, गिट्टी, बालुवा निकासीबारे अनर्गल प्रचार गरिएको भन्दै भ्रमको पछाडि नलाग्न आग्रह गरे ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ७ : ०८ बजे

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका