भारतबाट रासायनिक मल खरिदका लागि स्वीकृति « Khabarhub

भारतबाट रासायनिक मल खरिदका लागि स्वीकृति


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले रासायनिक मल आयातका लागि भारतसँग ‘जी टु जी’ मार्फत खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल सरकार र भारत सरकारबीच रासायनिक मलको आयातका लागि जी टु जी मार्फत खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकले सगरमाथा संवादको आयोजना गर्ने निर्णय गरिएको पनि उनले जानकारी दिए । जेष्ठ १०, १३, १५, १७ र २० गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सुनाउँदै मन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारीहरूलाई कोभिड–१९ को पदाधिकारी मुकरर गर्ने निर्णय गरेको बताए ।

यसैगरी, नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीस्थित घरजग्गा बिक्री गर्ने निर्णय सरकारले गरेको छ । यस्तै हरेक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय सरकारले गरेको मन्त्री गुरुङले बताए । सरकारले विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा प्रा.डा. यादवप्रकाश लामिछानेलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । मदन भण्डारी औद्योगिक विश्वविद्यालय पूर्वधार निर्माण विकास समितिको कार्यकारी निर्देशकमा डा. विनोद अर्याललाई नियुक्त गर्ने निर्णय सरकारले गरेको प्रवक्ता गुरुङले बताए ।

त्यस्तै, सञ्चारमन्त्री गुरुङले सञ्चार मन्त्रालयको नीति, कार्यक्रम तथा बजेटलाई नयाँ ढङ्गले रुपान्तरण गरिएको बताए । पत्रकारको क्षमता अभिबृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनका लागि आवश्यक बजेट व्यवस्था गरिएको उनले बताए । त्यसक्रममा मन्त्री गुरूङले विपक्षी राजनीतिक दलले यसपालि बजेटको विरोध गर्ने ठाउँ नपाएको पनि बताए ।

मन्त्री गुरुङले ढुंगा, गिट्टी, बालुवा निकासीबारे अनर्गल प्रचार गरिएको भन्दै भ्रमको पछाडि नलाग्न आग्रह गरे ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ७ : ०८ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी