जूहीलाई २० लाख रुपैंयाँ जरिवाना « Khabarhub

जूहीलाई २० लाख रुपैंयाँ जरिवाना


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमरउजाला)– बलिउड अभिनेत्री जूही चावला पछिल्लो केही समययता फाइभजी नेटवर्किङविरुद्ध दिल्ली उच्च अदालतमा उजुरी दिएर चर्चामा थिइन् । जूहीको यही उजुरीलाई अदालतले शुक्रबार खारेज गर्दै उनलाई २० लाख रुपैंयाँ जरिवाना तिर्न आदेश दिएको छ ।

जूहीले अदालतमा फाइभजी नेटवर्क योजनाले मानिस, पशुपंक्षी र वातावरणलाई क्षति पुर्‍याउने खतरा रहेको दाबी गर्दै अदालतमा उजुरी दिएकी थिइन् । यद्यपि अदालतले उनको उजुरीलाई खारेज गर्दै उजुरीकर्ताले कानूनी प्रक्रियालाई गलत रुपमा प्रयोग गरेको भन्दै जरिवाना तिर्न आदेश दिएको हो ।

‘यसबाट यो पुष्टि हुन्छ कि यो केवल प्रचारका लागि मात्र दर्ता गरिएको हो’, अदालतको आदेशमा भनिएको छ । जूहीले भर्चुअल माध्यमबाट गरिएको सुनुवाईको लिंक सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् ।

अदालतले जूहीको उजुरीमा केही कुरामात्र सत्य रहे पनि बाँकी कुरा केवल अनुमान र आशंकाका कुरा रहेको जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ७ : १५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी