इलाममा फेरि थपियो निषेधाज्ञा | Khabarhub Khabarhub

इलाममा फेरि थपियो निषेधाज्ञा


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाममा निषेधाज्ञाको समयावधि फेरि थप गरिएको छ । उच्चदरमा फैलिँदै गइरहेको कोरोनाको सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले निषेधाज्ञाको समयावधि जेठ २२ गतेदेखि जेठ ३१ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।

यसअघि जेठ १२ गतेदेखि जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काद्वारा जारी सूचनाअनुसार निषेधाज्ञाको समयावधिमा औषधि उपचारलगायतको अत्यावश्यक कामका लागिबाहेक घरबाहिर निस्कन र हिँडडुल गर्न निषेध गरिएको छ ।

खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्द्यजन्य पदार्थ, मासु तथा मासुजन्य पदार्थ, पशुपक्षीको दाना, अण्डा वा चल्ला बोकेको र कृषिजन्य उपज बोकेको सवारीसाधन गन्तव्यस्थल बाहेक अन्यत्र रोक्न नपाइने भएको छ । नेपाल सरकारबाट खुला गरिएको अन्तर्राष्ट्रिय प्रवेशविन्दु पशुपतिनगर नाकाबाट आवतजावत गर्न सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्नेछ । अन्य नाका वा गौँडाबाट आवतजावत निषेध गरिएको छ ।

आदेशको अवज्ञा गरेको खण्डमा कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम दण्ड सजाय हुने जनाइएको छ । जिल्लामा हाल सङ्क्रमितको सङ्ख्या एक हजार २०० नाघेको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ९ : ३० बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट