इलाममा फेरि थपियो निषेधाज्ञा « Khabarhub

इलाममा फेरि थपियो निषेधाज्ञा


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाममा निषेधाज्ञाको समयावधि फेरि थप गरिएको छ । उच्चदरमा फैलिँदै गइरहेको कोरोनाको सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले निषेधाज्ञाको समयावधि जेठ २२ गतेदेखि जेठ ३१ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।

यसअघि जेठ १२ गतेदेखि जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काद्वारा जारी सूचनाअनुसार निषेधाज्ञाको समयावधिमा औषधि उपचारलगायतको अत्यावश्यक कामका लागिबाहेक घरबाहिर निस्कन र हिँडडुल गर्न निषेध गरिएको छ ।

खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्द्यजन्य पदार्थ, मासु तथा मासुजन्य पदार्थ, पशुपक्षीको दाना, अण्डा वा चल्ला बोकेको र कृषिजन्य उपज बोकेको सवारीसाधन गन्तव्यस्थल बाहेक अन्यत्र रोक्न नपाइने भएको छ । नेपाल सरकारबाट खुला गरिएको अन्तर्राष्ट्रिय प्रवेशविन्दु पशुपतिनगर नाकाबाट आवतजावत गर्न सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्नेछ । अन्य नाका वा गौँडाबाट आवतजावत निषेध गरिएको छ ।

आदेशको अवज्ञा गरेको खण्डमा कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम दण्ड सजाय हुने जनाइएको छ । जिल्लामा हाल सङ्क्रमितको सङ्ख्या एक हजार २०० नाघेको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ९ : ३० बजे

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,