कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन आह्वान « Khabarhub

कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन आह्वान


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन आह्वान भएको छ । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले यही जेठ २४ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख कलौनीले २४ गते दिउँसो २ : ०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन् ।

बिहीबार बसेको सर्वदलीय बैठकमा प्रतिपक्षी दल नेकपा एमालेलगायतका दलहरुले सरकारले असार १ गते ल्याउने बजेट ल्याउनु १५ दिनअघि प्रि–बजेटको सैद्धान्तिक तथा प्राथमिकताका बारेमा छलफल नगरेको भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अधिवेशन बोलाउन आग्रह गरेका थिए ।

उनीहरुले प्रदेश सरकारले नीति तथा कार्यक्रम (बजेट अधिवेशन) नगरी एकैचोटि बजेट ल्याउन लागेको आरोप लगाएका थिए । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कर्णाली सरकारले करिब रु ३३ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ९ : ४४ बजे

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,