प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेको आरोपमा एक जना पक्राउ « Khabarhub

प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेको आरोपमा एक जना पक्राउ


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली-  सिन्धुलीमा ड्युटीमा खटिएका प्रहरीलाई चेकजाँचका क्रममा ५ सय रुपैयाँ घुस दिन खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–३ बस्ने ५२ वर्षीय मेदनी रेग्मी छन् । सिन्धुलीको कमलामाई नगरपालिका–६ माझीटारस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा रेग्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बीपी राजमार्गको प्रहरी चेक प्वाईन्टमा सवारी साधनहरुको सवारी पास जाँच गर्ने क्रममा झापाबाट काठमाडौं जान पास नलिई आएको मे.१ च ६६८३ नम्बरको सुमोलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक रेग्मीले नगद दिन खोजेपछि उनलाई सुमोसहित पक्राउ गरिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ९ : ४० बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको