हाम्रो पात्रोबाट अब रेडियो 'एचडी' मा सुन्न सकिने | Khabarhub Khabarhub

हाम्रो पात्रोबाट अब रेडियो ‘एचडी’ मा सुन्न सकिने


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालकै लोकप्रिय एप ‘हाम्रो पात्रो’मा अब रेडियो एचडी (हाइ डेफिनेसन) अर्थात उच्च गुणस्तरीय आवाजमा सुन्न सकिने भएको छ ।

उच्च गतिको इन्टरनेट सेवा विस्तार हुँदै गएसँगै हाम्रो पात्रोमा उपलब्ध रेडियो स्टेसनलाई थप स्पष्ट सुन्न सकिने व्यवस्था मिलाइएको हो ।

यसअघि ३२ केबीपीएस तथा ६४ केबीपीएसमा उपलब्ध रेडियोहरु अब एचडी अर्थात १२८ केबीपीएसमा पनि सुन्न सकिनेछ । हाल ईमेज एफएम, उज्यालो रेडियो नेटवर्क, विजया एफएम, नेपाली रेडियो नेटवर्क, क्लासिक एफएम एचडीमा गइसकेका छन् । बाँकी रेडियोलाई समेत क्रमशः एचडीमा रुपान्तरण गर्ने तयारी चलिरहेको हाम्रो पात्रोका प्रबन्ध निर्देशक सुदिना गौतमले जानकारी दिइन् । ‘अबको केही दिनमा ५० वटा एफएम रेडियोलाई एचडीमा लैँजादैछौं,’ उनले भनिन्, ‘यसैगरी अबको दुई महिनाभित्र सय वटा रेडियोलाई एचडीमा उपलब्ध गराउने हाम्रो योजना छ ।’

हाल हाम्रो पात्रोमा देशभरका करिब पाँच सय सुन्न सकिने सुविधा छ । हाम्रो पात्रो एपमार्फत देश-विदेश जहाँसुकैबाट नेपाली रेडियो सुन्न सकिन्छ ।

एफएम रेडियो सेटमार्फत सीमित क्षेत्रमा मात्र एफएम रेडियो सुन्न सकिने बाध्यतालाई हाम्रो पात्रोले तोडेको छ । जसले गर्दा रेडियो फ्रिक्वेन्सी बिना देशभरका रेडियो विश्वभर सुन्न सम्भव भएको हो ।

८ वर्ष अघि अर्थात् सन् २०१३ मा रेडियो प्रसारणलाई आफ्नो प्लेटफर्ममा जोडेको हाम्रो पात्रोमा हाल दैनिक चार लाख स्रोताले रेडियो सुन्ने गरेका छन् ।

न्यून इन्टरनेट ब्याण्डविथ खपत गर्ने भएकाले वाईफाई तथा फिक्स लाइन इन्टरनेट नहुँदाको बखत मोबाइल डेटाबाट समेत हाम्रो पात्रोमा रेडियो सुन्न सकिन्छ । यस किसिमको सहजताले अहिले अनलाइनमा रेडियो सुन्नेको संख्या समेत बढ्दै गएको छ ।

हाम्रो पात्रोले साउथकास्ट स्ट्रिमिङ प्रविधिमार्फत देशभरका रेडियोलाई आफ्नो एपमा स्ट्रिमिङ गर्दै आएको छ । यसका लागि सम्बन्धित रेडियोले कम्पनीलाई स्ट्रिमिङ लिङ्क उपलब्ध गराएका छन् । त्यस वापत रेडियो स्टेसनले हाम्रोपात्रोलाई कुनै शुल्क समेत तिर्नु पर्दैन ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १ : ४० बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज