हाम्रो पात्रोबाट अब रेडियो ‘एचडी’ मा सुन्न सकिने « Khabarhub

हाम्रो पात्रोबाट अब रेडियो ‘एचडी’ मा सुन्न सकिने


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालकै लोकप्रिय एप ‘हाम्रो पात्रो’मा अब रेडियो एचडी (हाइ डेफिनेसन) अर्थात उच्च गुणस्तरीय आवाजमा सुन्न सकिने भएको छ ।

उच्च गतिको इन्टरनेट सेवा विस्तार हुँदै गएसँगै हाम्रो पात्रोमा उपलब्ध रेडियो स्टेसनलाई थप स्पष्ट सुन्न सकिने व्यवस्था मिलाइएको हो ।

यसअघि ३२ केबीपीएस तथा ६४ केबीपीएसमा उपलब्ध रेडियोहरु अब एचडी अर्थात १२८ केबीपीएसमा पनि सुन्न सकिनेछ । हाल ईमेज एफएम, उज्यालो रेडियो नेटवर्क, विजया एफएम, नेपाली रेडियो नेटवर्क, क्लासिक एफएम एचडीमा गइसकेका छन् । बाँकी रेडियोलाई समेत क्रमशः एचडीमा रुपान्तरण गर्ने तयारी चलिरहेको हाम्रो पात्रोका प्रबन्ध निर्देशक सुदिना गौतमले जानकारी दिइन् । ‘अबको केही दिनमा ५० वटा एफएम रेडियोलाई एचडीमा लैँजादैछौं,’ उनले भनिन्, ‘यसैगरी अबको दुई महिनाभित्र सय वटा रेडियोलाई एचडीमा उपलब्ध गराउने हाम्रो योजना छ ।’

हाल हाम्रो पात्रोमा देशभरका करिब पाँच सय सुन्न सकिने सुविधा छ । हाम्रो पात्रो एपमार्फत देश-विदेश जहाँसुकैबाट नेपाली रेडियो सुन्न सकिन्छ ।

एफएम रेडियो सेटमार्फत सीमित क्षेत्रमा मात्र एफएम रेडियो सुन्न सकिने बाध्यतालाई हाम्रो पात्रोले तोडेको छ । जसले गर्दा रेडियो फ्रिक्वेन्सी बिना देशभरका रेडियो विश्वभर सुन्न सम्भव भएको हो ।

८ वर्ष अघि अर्थात् सन् २०१३ मा रेडियो प्रसारणलाई आफ्नो प्लेटफर्ममा जोडेको हाम्रो पात्रोमा हाल दैनिक चार लाख स्रोताले रेडियो सुन्ने गरेका छन् ।

न्यून इन्टरनेट ब्याण्डविथ खपत गर्ने भएकाले वाईफाई तथा फिक्स लाइन इन्टरनेट नहुँदाको बखत मोबाइल डेटाबाट समेत हाम्रो पात्रोमा रेडियो सुन्न सकिन्छ । यस किसिमको सहजताले अहिले अनलाइनमा रेडियो सुन्नेको संख्या समेत बढ्दै गएको छ ।

हाम्रो पात्रोले साउथकास्ट स्ट्रिमिङ प्रविधिमार्फत देशभरका रेडियोलाई आफ्नो एपमा स्ट्रिमिङ गर्दै आएको छ । यसका लागि सम्बन्धित रेडियोले कम्पनीलाई स्ट्रिमिङ लिङ्क उपलब्ध गराएका छन् । त्यस वापत रेडियो स्टेसनले हाम्रोपात्रोलाई कुनै शुल्क समेत तिर्नु पर्दैन ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १ : ४० बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको