मनकामना लघुवित्तको आइपीओमा १६ लाखको आवेदन « Khabarhub

मनकामना लघुवित्तको आइपीओमा १६ लाखको आवेदन


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् ।

आज बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो ।

क्यापिटलका अनुसार उक्त आवेदनबाट रु दुई करोड १२ लाख ७० हजार ३० कित्ता शेयर माग भएको छ । सर्वसाधारणका लागि माग गरेकोभन्दा ५८ दशमलव ५१ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा तीन लाख ३६ हजार ४९२ कित्ता शेयर मात्रै बिक्री गरेको हो ।

बिहीबारदेखि बिक्री खुला भएको संस्थाको आइपीओ यही असार २५ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । रु तीन करोड ८९ लाख बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत देवसिंह विष्टले जानकारी दिए ।

उनका अनुसार प्रतिकित्ता रु १०० अङ्कित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ । तीमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । उक्त शेयर इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर) मार्फतसमेत आइपीओमा आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ३ : १० बजे

के देउवा पक्राउ पर्लान् ?

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलना

वर्षमानको प्रश्न- नेपाल ‘प्याक्स सिलिका’ को साझेदार हो ?

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग

भारतको ८० करोड अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना बन्ने

काठमाडौं- भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषि

पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड

एजेन्सी– सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ