सेवा निवृत्त उपसचिव प्रेम सञ्जेलले जाँदाजाँदै भने : कर्मचारीले पाए घुस खान्छ, नपाए अफिसको कमिसन खान्छ « Khabarhub

सेवा निवृत्त उपसचिव प्रेम सञ्जेलले जाँदाजाँदै भने : कर्मचारीले पाए घुस खान्छ, नपाए अफिसको कमिसन खान्छ


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निजामती सेवाबाट सेवानिवृत्त भएका उपसचिव प्रेमप्रसाद सञ्जेल जाँदाजाँदै सरकारी कर्मचारी भ्रष्ट हुने खुलासा गरेका छन् ।

भ्रष्टाचार विरोधी कर्मचारी मानिएका सञ्जेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपालमा नेता मात्र होइन कर्मचारी पनि उत्तिकै भ्रष्ट भएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अरुले नगरेको तर तैंले गरेको एउटा काम भन् त भन्दा अफिस गएर फर्कें भन्छ । पाए घुस खान्छ । नपाए अफिसको कमिसन खान्छ । भ्रष्टाचार गर्छ । बाल बचेरा विदेशमा पढाउँछ । यस्ताले त भैँसी पालेर बसे कसो होला ?’

५८ वर्षे उमेर हदका कारण असार १५ गते अनिवार्य अवकाश पाएका उनले सुधारको प्रयत्न गर्दा नसकेपछि आफैँलाई गाली गर्दै बिदा भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

बिदा भएर जाने बेला गरिने अबीर मालालाई उनले कालो अनुहार छोप्ने हत्कण्डा मात्र भएको बताएका छन् ।

उनले नेपालका सबै कर्मचारी साथी, तिमीले आफ्नै देश सुधार्न के कसम खायौँ ? भन्दै प्रश्न गरेका छन् । अझै घुस, कमिसन, नजराना, इनाम, बक्सौनि, रिस्वतको नाममा आफ्नै देश र गरिब नेपाली जनताको रगत चुस्दै छौँ ? मैले भ्रष्टाचार विरुद्ध लड्दा जेल, ज्यान र जागिरमाथि हिँड्न आवश्यक परेका बखत बात, हात र लात चलाउने, समयले जे निर्णय गर्छ, सोही मान्ने कसम खाएर सरकारी जागिरबाट बिदा लिएको छु ‘, उनले भनेका छन् ।

उनले कविता समेत लेखेका छन् । के छ त उनको कवितामा ?

कविताः म कर्मचारी कि दलाल
कविः प्रेमप्रसाद संजेल “खतरा”

म कानमा लाउने सुनको दलाल
म तिहुनमा लाउने नुनको दलाल
म मकैमा लाग्ने घुनको दलाल
म भेडाको जीउको उनको दलाल
म देशले लाउने गुनको दलाल
म सुरक्षामा नपर्ने सु को दलाल
म प्रजातन्त्रमा नलाग्ने कू को दलाल
म ढलमा बग्ने नर्कको दलाल
म आकाशमा फल्ने फलको दलाल
म नदेखिने खालको दलको दलाल
म किसानले लाने बीउको दलाल
म बिदेशमा बिक्ने जीउको दलाल
म सडकमा लाग्ने गिट्टीको दलाल
म कोठीमा बेच्ने ठिटीको दलाल
म डाकाको बीचको प्रीतिको दलाल
म सेवाग्राहीले लिने सेवाको दलाल
म परिश्रमीले लिने मेवाको दलाल
म बाकसमा आउने लाशको दलाल
म ठिनेमिने होईन खासबिशेष दलाल
म भूकम्प पिडितको पालको दलाल
म बाढी पिडितको दालको दलाल
म बिचौलियाको जालको दलाल
म गुण्डाले लिने कालको दलाल
म पण्डाले लिने भेटीको दलाल
म नापी र माल दुबैको दलाल
म बिकास र निकास सबैको दलाल
म घरबार(दरबार दुबैको दलाल
म मन्दिरमा बज्ने घण्टीको दलाल
म बाह्रमासे आण्टीको दलाल
म तिनपाने भट्टीको दलाल
म पहेंलो बोक्ने टट्टीको दलाल
म मेरी आमा मट्टीको दलाल
म सारै निच घट्टीको दलाल
म ज्यान मार्ने दलालको दलाल
म फरार हुने परारको दलाल
म भाडामा मिल्ने करारको दलाल
म ब्रुश्लीजस्तो प्रहारको दलाल
म मुश्लीजस्तो दारको दलाल
म एक्सरे नदेख्ने अन्धाको दलाल
म सुन बोक्ने बन्दाको दलाल
म अत्ति कालो धन्दाको दलाल
म ईमान्दार मास्ने मज्जाको दलाल
म बेईमानी पाल्ने गज्जबको दलाल
म घुस र भुस द्धयको दलाल
म मानिस मार्ने भयको दलाल
म हालसाल बिदेश गएको दलाल

 

प्रकाशित मिति : २० असार २०७८, आइतबार  २ : ४० बजे

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित