सानेपामा भारतीय नागरिक मृत फेला, हत्याको आशंका | Khabarhub Khabarhub

सानेपामा भारतीय नागरिक मृत फेला, हत्याको आशंका


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुरको सानेपास्थित गुसिटोल राम मन्दिर नजिकै एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् ।

सोही स्थानको एउटा घरको फ्ल्याट भाडामा लिएर बस्दै आएका ५९ वर्षीय सत्यनारायण पारिकको शव उनकै फ्ल्याटमा फेला परेको प्रहरीले जनाएको छ । सत्यनारायणले न्युरोडस्थित एटलान्टिक कम्प्युटर प्रालिमा काम गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको हुन सक्ने देखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् । घटनास्थलमा हम्मर पनि भेटिएको र टाउकोमा चोट देखिएकाले हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

मृतक पारिकको फ्ल्याटमा एक महिला काम गर्न आउने गरेकी थिइन् । ती महिला दिनदिनै आएर खाना बनाइदिएर जाने गरेकी थिइन् ।

शुक्रबार खाना खुवाएर फर्किएकी महिला शनिवार बिहान खाना बनाउन आउँदा ढोका बन्द थियो । भित्रबाट च्यानल गेट बन्द भएपछि उनले फोन गरेकी थिइन् । तर, फोन नउठेपछि फर्किएको बयान प्रहरीलाई दिएकी छन् ।

एसएसपी बज्राचार्यका अनुसार ती महिलाले आज बिहान पनि ढोका नखुलेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेको र प्रहरी गएर हेर्दा उनको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ३ : ५५ बजे

निराश र थकित प्रचण्ड : विशेष महाधिवेशन देखाएर घेराबन्दीलाई कमजोर बनाउने प्रयास

काठमाडौं – जेनजी आन्दोलनपछि पहिलोपटक आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारी

‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव

काठमाडौं – सरोकारवालाले ‘जेनजी’ले आन्दोलनमार्फत अघि सारेका माग तत्काल सम्बोधन

नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना