सानेपामा भारतीय नागरिक मृत फेला, हत्याको आशंका « Khabarhub

सानेपामा भारतीय नागरिक मृत फेला, हत्याको आशंका


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुरको सानेपास्थित गुसिटोल राम मन्दिर नजिकै एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् ।

सोही स्थानको एउटा घरको फ्ल्याट भाडामा लिएर बस्दै आएका ५९ वर्षीय सत्यनारायण पारिकको शव उनकै फ्ल्याटमा फेला परेको प्रहरीले जनाएको छ । सत्यनारायणले न्युरोडस्थित एटलान्टिक कम्प्युटर प्रालिमा काम गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको हुन सक्ने देखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् । घटनास्थलमा हम्मर पनि भेटिएको र टाउकोमा चोट देखिएकाले हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

मृतक पारिकको फ्ल्याटमा एक महिला काम गर्न आउने गरेकी थिइन् । ती महिला दिनदिनै आएर खाना बनाइदिएर जाने गरेकी थिइन् ।

शुक्रबार खाना खुवाएर फर्किएकी महिला शनिवार बिहान खाना बनाउन आउँदा ढोका बन्द थियो । भित्रबाट च्यानल गेट बन्द भएपछि उनले फोन गरेकी थिइन् । तर, फोन नउठेपछि फर्किएको बयान प्रहरीलाई दिएकी छन् ।

एसएसपी बज्राचार्यका अनुसार ती महिलाले आज बिहान पनि ढोका नखुलेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेको र प्रहरी गएर हेर्दा उनको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ३ : ५५ बजे

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क