सानेपामा भारतीय नागरिक मृत फेला, हत्याको आशंका | Khabarhub Khabarhub

सानेपामा भारतीय नागरिक मृत फेला, हत्याको आशंका


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुरको सानेपास्थित गुसिटोल राम मन्दिर नजिकै एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् ।

सोही स्थानको एउटा घरको फ्ल्याट भाडामा लिएर बस्दै आएका ५९ वर्षीय सत्यनारायण पारिकको शव उनकै फ्ल्याटमा फेला परेको प्रहरीले जनाएको छ । सत्यनारायणले न्युरोडस्थित एटलान्टिक कम्प्युटर प्रालिमा काम गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको हुन सक्ने देखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् । घटनास्थलमा हम्मर पनि भेटिएको र टाउकोमा चोट देखिएकाले हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

मृतक पारिकको फ्ल्याटमा एक महिला काम गर्न आउने गरेकी थिइन् । ती महिला दिनदिनै आएर खाना बनाइदिएर जाने गरेकी थिइन् ।

शुक्रबार खाना खुवाएर फर्किएकी महिला शनिवार बिहान खाना बनाउन आउँदा ढोका बन्द थियो । भित्रबाट च्यानल गेट बन्द भएपछि उनले फोन गरेकी थिइन् । तर, फोन नउठेपछि फर्किएको बयान प्रहरीलाई दिएकी छन् ।

एसएसपी बज्राचार्यका अनुसार ती महिलाले आज बिहान पनि ढोका नखुलेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेको र प्रहरी गएर हेर्दा उनको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ३ : ५५ बजे

पहिरोले छ घर भत्किए, दश घर उच्च जोखिममा

पर्वत – गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा

वेस्ट इन्डिजसँग सिरिज खेल्न राष्ट्रिय क्रिकेट टोलीले आज यूएई जाँदै

काठमाडौं – विश्व विजेता वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न आज

सुरु भयो दशैँ : आज घरघरमा घटस्थापना गरिँदै

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको

एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित, अभिषेकको सानदार ब्याटिङ

काठमाडौं – एसिया कपको सुपर फोरमा भारतसँग पाकिस्तान पराजित भएको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय